लुम्बिनी प्रदेश सभा सचिवमा पुन: दोस्रो पटक नियुक्त 

तुलसीपुर,२८ साउन । लुम्बिनी प्रदेशसभाको सचिवमा दुर्लभकुमार पुन दोस्रो पटक पनि लुम्बिनी प्रदेश सभाको सचिवमा नियुक्त हुनुभएको छ ।  सभामुख तुलाराम घर्ती  मगरको सिफारिसमा प्रदेश प्रमुख अमिक शेरचनले आज पुनलाई नियुक्त गरेका हुन् ।

नेपालको संविधानको धारा १९५ बमोजिम प्रदेश प्रमुख शेरचनले पुनलाई नियुक्ति गर्नुभएको हो । यस अघि पुनले ५ वर्ष प्रदेश सभा सचिवालयको जिम्मेवारी सम्हाली सकेका छन् । उहाँ नेपाल ल क्याम्पसबाट कानुन विषयमा स्नातकोत्तर राजनीति शास्त्रमा पनि स्नातकोत्तर उर्तिण गर्नुभएको छ ।


उहाँले ६ वर्ष कानुन व्यवसायमा सगैँ केहि समय पत्रकारिताको पनि गर्नुभएको थियो ।