पतन्जलि योग समिती बबईले मनायो जडीबुटी दिवस

प्रमोद आचार्य
बबई, १९ साउन ।
पतन्जलि योग समिती बबई दाङको आयोजनामा आचार्य श्री महाराजको जन्मोत्सव तथा जडीबुटी दिवसको अवसर पारी दिवस मनाइएको छ । आज एक कार्यक्रमको आयोजना गरी शिव मन्दिर हापुरेको प्राङ्गणमा आधुनिक युगका धनोन्तरी आचार्य श्री महाराजको जन्मोत्सव तथा जडीबुटी दिवस मनाइएको हो ।

कार्यक्रममा बोल्दै पतन्जलि योग समिती लुम्बिनी प्रदेशका महामन्त्री घनश्याम अधिकारीले आचार्य महाराजको बारेमा वर्णन गर्दै जडीबुटीको महत्त्व र जडीबुटीबाट मानव जिवनमा हुने फाइदाको बारेमा चर्चा गर्नुभएको थियो ।

विभिन्न प्रजातीका बिरुवा सहित कार्यक्रममा उपस्थित महामन्त्री अधिकारीले ति बिरुवाको फाइदा र प्रयोग विधिवारे जानकारी गराउनु भएकोथियो । अर्को एक प्रसङ्गमा योगलाई दाङ जिल्ला भरी बिस्तार गर्दै नेपालमै दाङलाइ योगको क्षेत्रमा प्रथम स्थानमा स्थापित गराउन सफल भएकोमा खुसी ब्यक्त गर्नुभयो ।

कार्यक्रमका बिशिस्ट अथिती बबई गाउँपालिका अध्यक्ष कुल बहादुर खत्रीले योगको माध्यमबाट शारीरिक तथा मानसिक स्वस्थता प्रदान गर्ने भएकाले सबै नागरिक योगमा जोडिन आवश्क रहेको बताउनुभयो ।

बबई गाउँपालिका प्राकृतिक जडिबुटीको प्रचुर सम्भावना रहेको गाउँपालिका रहेकाले पनि यहाँ उत्पादीत जडिबुटीको अनुसन्धान तथा अध्ययन गरी जडीबुटीको फाइदा र महत्त्व वारे सबै नागरीकलाई जानकारी गराउन आवश्यक रहेको औल्याउँनुभयो ।


यस्तै कार्यक्रमका बिशिस्ट अथिती दंगीशरण गाउँपालिका अध्यक्ष शम्भु गिरीले शारीरीक तथा मानसिक स्वस्थताका लागी पनि योग अहिलेको अपरीहार्यता रहेको बताउनुभयो । समाजलाई स्वस्थ र सभय बनाउन र स्वस्थ जनशक्ति उत्पादनका लागी पनि योगकोको आवश्यकता रहेको बताउनुभयो ।

अर्को एक प्रसङ्गमा अध्यक्ष गिरीले आफु निर्वाचित भए पस्चात पहिलो वर्ष ३ वटा वडामा योग हल निर्माण गरेको र यो वर्ष पनि थप २ वटा वडामा योग हल विनियोजित गरीसकेको र ५ वर्षमा सबै वडामा योग हल निर्माण गरी स्वस्थ र सभ्य दंगीशरण निर्माण गर्ने सोचमा आफु रहेको बताउनुभयो ।

कार्यक्रममा बबईका योग शिक्षक चुडामणिा कडेल,पतन्जलि योग समिती दंगीशरणका अध्यक्ष दिपक बिष्ट,योग समिति जिल्ला सदस्य लक्ष्मण केसी,बबई वडा नं. ४ का वडा अध्यक्ष टेक बहादुर केसी लगायतले आ–आफ्नो भनाइ राख्नुभएको थियो ।

दिवसलाई सफल पार्न दंगीशरण,शान्तीनगर,र बबई गाउँपालिका बाट योग साधक साधिका र योग शिक्षकहरुको उल्लेख्य सहभागीता रहेकोथियो । कार्यक्रम शिब सक्ती योग साधना बबईका अध्यक्ष लुमा केसीको अध्यक्षता, पतन्जलि योग समिती लुम्बिनि प्रदेशका महामन्त्री घनश्याम अधिकारीको प्रमुख आथित्यता, बबई गाउँपालिका अध्यक्ष कुल बहादुर खत्री र दंगीशरण गाउँपालिका अध्यक्ष शम्भु गिरीको बिशिस्ट आथित्यतामा भएकोथियो ।

शिब सक्ती योग साधना बबईका योग शिक्षक पुर्ण बहादुर केसीको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको सहजीकरण योग शिक्षक अमर भुषालले गर्नुभएकोथियो ।