राप्ती नदीमा बगेर रामलाल कुमाल बेपत्ता

दाङ, ४ साउन ।
लमही नगरपालिका–९ कोल्तरा निवासी वर्ष ५२ का रामलाल कुमाल राप्ती नदीमा बगेर बेपत्ता भएका छन । बुधवार राजपुर गाउँपालिका–७ सिक्टाबाट काम सकेर अपरान्ह घर फर्किने समयमा उनि बेपत्ता भएको प्राथमिक विद्यालय भ्युसनपुरका प्रधानाध्यापक ओमप्रकाश बस्नेतले जानकारी दिए ।

राजपुर गाउँपालिका–७ सिक्टामा कुवा खन्ने काम गर्दै आएका कुमाल काम सकेर घर फर्किंदा झोलुंगेपुलबाट नगएर सिधै रेउबाट कोल्तरा निस्किने गरि राप्ती नदी तर्न खोज्दा बगेर बेपत्ता भएको प्रधानाध्यापक बस्नेतले बताए ।


बुधवार अपरान्ह चार बजे बेपत्ता भएका कुमालको स्थानीय र सुरक्षाकर्मीद्वारा खोजि कार्य जारि भएपनि अहिलेसम्म पत्ता लाग्न नसकेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।