माध्यामिक विद्यालय मधकपुरद्वारा विद्यार्थीहरुलाई निःशुल्क पोशाक वितरण

प्रमोद आचार्य
दंगीशरण, ३१ असार ।
दंगीशरण गाउँपालिका वडा नं.२ मा अवस्थित माध्यामिक विद्यालय मधकपुरले विद्यार्थीहरुलाई निःशुल्क पोषाक वितरण गरेको छ । आज एक औपचारिक कार्यक्रमको आयोजना गरी सिशु कक्षादेखी कक्षा १० सम्मका विद्यार्थीहरुका लागी निःशुल्क पोशाक वितरण गरेको हो ।

विद्यालय ब्यवस्थापन समितीका अध्यक्ष झरेन्द्र केसीको अध्यक्षता,गाउँपालिका अध्यक्ष शम्भु गिरीको प्रमुख आथित्यता तथा गाउँपालिकाका शिक्षा साखा प्रमुख बिनोद अधिकारी र वडा नं. २ का वडा अध्यक्ष डम्बर बहादुर खत्रीको विशिस्ट आथित्यतामा पोशाक वितरण कार्यक्रम सम्पन्न गरीएको हो ।

पोशाक वितरण कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष शम्भु गिरीले सप्पन्नता र विपन्नताको समानान्तर रुप देखाउन पोशाक वितरण प्रभावकारी रहेको बताउनुभयो । बदलिँदो समयानुकूल शिक्षक पनि प्रविधिमैत्री तवरले अगाडी बढ्नुको विकल्प नरहेको बताउनुभयो ।


शिक्षाको गुणस्तरको सवालमा मावि मधकपुर गत वर्ष उत्कृष्ट नतिजामा आउन सफल भएतापनि यस वर्ष चित्तबुझ्दो नतिजा नआउनुको कारण खुलाउन विद्यालय परीवारलाई निर्देशन दिनुभयो । यस्तै कार्यक्रममा बोल्दै वडा नं. २ का वडा अध्यक्ष डम्बर बहादुर खत्रीले सामुदायिक विद्यालयको गुणस्तर वृद्धिका लागी स्थानिय सरकार गम्भिर भएर लाग्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा विद्यालयका प्र.अ.बिमला कडेल गाउँपालिकाका प्रेश सल्लाहकार प्रमोद आचार्य ,पुर्व वि.ब्यस अध्यक्ष नन्दाराम खत्री,सर्दिन कुसारी गाउँपालिकाका शिक्षा साखा प्रमुख बिनोद अधिकारी लगाएतले आ–आफ्नो भनाइ राख्नुभएको थियो । विद्यालयका शिक्षक खेमराज बुढाथोकीको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको सहजीकरण विद्यालयका शिक्षक निर्मला परीयारले गर्नुभएको थियो ।