जैविक कृषिलाई जोड दिदै समुन्नति परीयोजना 

प्रमोद आचार्य 
दंगीशरण, ३० असार ।
जैविक कृषिलाई जोड दिदै समुन्नति परीयोजना युके एडको आर्थिक सहयोग तथा प्रेक्टिकल एक्सन नेपाल र विकास सरोकार समाज डिकोसको साझेदारीमा संचालित समुन्नति परीयोजना अन्तर्गत दंगीशरण गाउँपालिका स्थानिय परीयोजना सल्लाहकार समितीले वडा नम्बर  ५ स्थित पर्यावरणिय तथा पुनरुत्थानशिल कृषि सिकाइ केन्द्रको अनुगमन गरेको छ । परीयोजना अन्तर्गत कुमलगढि स्थित बसन्त चौधरीको वारीमा स्थापना गरीएका कृषि अभ्यास तथा प्रविधिहरुको अवलोकन समेत गरीएको हो । अनुगमनका क्रममा अगुवा कृषक चौधरीले कम्पोस्ट मल ,झोल मल जैविक बिषादी कम्पोस्ट चिया बोकासी मल आदि बनाइ प्रयोग गरीरहेको बताउनुभयो । यस्तै चौधरीले यस्ता मलहरुको प्रयोगले माटोमा प्राङ्गारीक पदार्थको मात्रा बढ्दै गइ माटोको बनोटमा सुधार हुने समेत बताउनुभयो ।  बैठकमा बोल्ने अधिकाङ्स बक्ताहरुले प्रविधिहरुले गर्दा अहिले रासायनिक मल र विषादीहरुको प्रयोग क्रमिक रुपमा घट्दै गइरहेको बताएका थिए । उक्त अवसरमा समितीले समुन्नति परीयोजनाद्वरा दंगीशरण-५ कुमलगढिमा निर्माण गरीएको मोटर लिफ्ट सिचाइ आयोजनाको समेत अनुगमन गरेकोथियो । अनुगमन पस्चात अनुगमन समितीले पालिकाको सभाहलमा पुगी समिक्षा गर्दै परीयोजनाको बारेमा छलफल समेत गरेकोथियो । समिक्षात्मक बैठकमा बोल्दै गाउँपालिका अध्यक्ष शम्भु गिरीले समुन्नति परीयोजनाले सुरुदेखिनै स्थानिय सरकार सङ्ग समन्वय गर्दै काम गरीरहेको र पुनरुत्थानशिल कृषि अभ्यासले गर्दा माटो तथा वातावरण स्वस्थ भइ स्वस्थ खाद्य उत्पादन हुनेमा जोडदिनुभयो । त्यस्ता उत्पादनले राम्रो बजार पाउने भएकालेपनि प्रविधिहरुको प्रचारप्रसार गर्दै अन्य समुदायहरुमा पनि बिस्तार गर्दै लैजान सुझाव दिनुभयो ।