सहयोगी बचत तथा ऋण सहकारीको साधारणसभा भोलि

तुलसीपुर
८ असोज / दाङको तुलसीपुर स्थित सहयोगी बचत तथा ऋण सहकारी संस्थाको ११ औं साधारणसभा भोलि(शनिबार) हुने भएको छ ।

त्यसकालागि तयारी तिब्र भएको अध्यक्ष रुपबहादुर खत्रीले बताए । ९ गते तुलसीपर ५ र ६ नम्बर वडासहित अन्य वडालाई लक्षित गरि हुनेछ, भने १० गते तुलसीपुर ९ का सदस्यहरुलाई लक्षित गरि शिव ज्योति टोल विकास संस्थाको भवन र शिवालय मन्दिर परिसरमा हुनेछ । त्यस्तै तुलसीपुरको वडा नंं.१, २, ३ र ८ लाई लक्षित गरि ११ गते तुलसीपुर ३ को गहते र दमारगाउँ र तुलसीपुर ८ कृष्णमन्दिर परिसरमा हुने भएको छ ।


त्यस्तै असोज १२ गते सहकारीकै कार्यालयमा तुलसीपुर ४, ७, १०, ११ र १२ का सदस्यहरु सहभागि हुनुपर्ने सचिब दुर्गाप्रसाद शर्माले बताए । साधारणसभामा गएको आर्थिक बर्षको बार्षिक प्रतिवेदन, लेखा परीक्षण प्रतिवेदन तथा आर्थिक बर्ष ०७८/०७९ को कार्यक्रम प्रस्तुती र छलफल तथ पारित हुनेछन् ।

त्यस्तै लेखा परीक्षकको नियुक्ती र पारिश्रमिक तोक्ने, विनिमय पुनर्लेखन गर्ने, चार बर्षे रणनीतिक व्यबसायिक योजना अनुमोदन गर्ने, संस्थाका नीति, नियम संसोधन प्रस्ताब गर्ने, सञ्चालक समिति र लेखासुपरिवेक्षण समितिका निर्णयहरु अनोमोदन तथा निर्णय प्रमाणिकरणकालागि प्रतिनिधि छनोटलगायतका विषयमा छलफल हुनेछन् ।