कारागारभित्र एक जना कैदी मृत फेला

बाँके,२१ असार । नेपालगञ्जस्थित कारागारमा एक जना कैदी मृत फेला परेका छन्। जानकी गाउँपालिका–६ का २३ वर्षीय नीरज गुप्ताले आज बिहान शौचालयमा झुण्डिएको अवस्था मृत फेला परेको प्रमुख जिल्ला अधिकारी विपीन आर्चायले जानकारी दिए।


गुप्ता तीन वर्षदेखि कैद सजाय भोग्दै आएका थिए। घटनाबारे मृतकको परीवार र आफन्तलाई खबर गरिएको र आत्महत्याको कारणबारे प्रहरीले अनुसन्धान थालेको प्रजिअ आर्चायले बताए।