दाङ, १४ असार ।
दाङको घोराही उपमहानगरपालिका वडा नं.१५ भरतपुर (काठेकोल) को विद्यालय ब्यवस्थापन समितिको अध्यक्ष विवेक श्रेष्ठ चयन हुनु भएको छ । अभिभावकहरुको आज बिहिवार सम्पन्न भेलाले चार जना अभिभावक सहित अध्यक्षमा श्रेष्ठलाई दोस्रो कार्यकालका लागि सर्वसहमतिले चयन गरेको हो ।
ब्यवस्थापन समितिको सदस्यहरुमा अभिभावकहरुबाट सदस्यमा बसन्तकुमार गुप्ता, रेशमराज भण्डारी, रेखा बस्नेत र बसन्ता नेपाली चयन हुनु भएको छ । घोराही उपमहानगरपालि वडा नं. १५ को नमुना विद्यालयका रुपमा चयन यस विद्यालयमा नगर कार्य पालिकाबाट मनोनित सदस्यहरु बुद्धिप्रकाश पौडेल र बिष्णु कालाथोकी हुनुहुन्छ । वडा नं. १५ का वडाध्यक्ष रमेशकुमार पाण्डेय पदेन सदस्य र प्रधानाध्यापक वसन्ता पौडेल सदस्य सचिवका रुपमा रहने ब्यवस्था छ ।
यसैगरी शिक्षक अभिभावक संघको अध्यक्षमा दिर्घबहादुर खत्री र सदस्यहरुमा हिरालाल गुप्ता, निशा नेपाली, कमला बादी, इश्वरी पौडेल, गोपाल रावल र सुनिता गिरी हुनुहुन्छ ।
शिक्षक अभिभावक संघका अध्यक्ष शिशिर अधिकारीको सभापतित्वमा भएको भेलामा घोराही उपमहानगरपालिका सामाजिक महाशाखाका शाखा अधिकृत नारायणप्रसाद पौडेल र घनश्याम वली, निवर्तमान अध्यक्ष विवेक श्रेष्ठ, पद्मोदय पब्लिक नमुना माध्यमिक विद्यालय भरतपुर विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष विकास चौधरी लगायतकाले बोल्नु भएको थियो ।
विद्यालयका प्रधानाध्यापक वसन्ता पौडेलले कार्यक्रममाथि प्रकाश पार्नु भएको थियो । सहायक प्रधानाध्यापक दिपककुमार श्रेष्ठको स्वागत मन्तब्यबाट शुरु भएको कार्यक्रमको सहजिकरण शिक्षक रमेश गौतमले गर्नु भएको थियो ।
लाइभदाङ । १४ असार २०८०, बिहीबार १५:३० बजे