७० वर्षिया बृद्धालाई बलात्कार गर्ने एक जना जेल चलान

रुकुम , १३ असार ।  रुकुम पश्चिममा ७० वर्षिया बृद्धालाई बलात्कार गरेको आरोपमा पक्राउ परेका एक पुरुषलाई जेल चलान गरिएको छ । सानीभेरी गाउँपालिकाकी ७० बर्षिया बृद्धालाई बलात्कार गरेको आरोपमा पक्राउ परेका सानीभेरी गाउँपालिका १  भण्डारवनका ५४ वर्षिय बिरबहादुर खड्कालाई पुर्पक्षका लागि जेल चलान गरिएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका सूचना अधिकारी एवम् प्रहरी निरीक्षक धर्मेन्द्र खड्काले जानकारी दिनुभएको छ ।


रुकुम जिल्ला अदालतमा भएको थुनछेक आदेश पश्चात प्रतिवादीलाई पुर्पक्षका लागि जेल चलान गर्ने फैसला भएको उहाले बताउनुभएको छ । गत बैशाख १३ गते घरमै रहेकी बृद्धालाई खड्काले बलात्कार गरेर फरार रहेका थिए । प्रहरीले खोजतलास गर्ने क्रममा गत जेठ २२ गते उनलाई प्रहरीले पक्राउ गरेको थियो ।