बिहीवार देशभर सार्वजनिक बिदा

दाङ, असार १२ ।
सरकारले असार १४ गते बिहीवार सार्वजनिक बिदा दिने घोषणा गरेको छ । इस्लाम धर्मावलम्बीहरूको पर्व बकर ईद (इदुल अजहा)को अवसर पारेर बिहीवार सार्वजनिक बिदा दिने निर्णय भएको गृहमन्त्रालयले जनाएको छ ।

‘नेपाल राजपत्रमा मिति २०७९/१२/०२ गतेका दिन प्रकाशित सूचनाअनुसार इस्लाम धर्मावलम्बीहरूको पर्व बकर ईद (ईद उल अजहा) वि.सं. २०८० साल असार १४ गते बिहीवारका दिन सार्वजनिक बिदा दिने निर्णय भएको हुँदा सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ,’ विज्ञप्तिमा भनिएको छ ।