सगरमाथा बालबाटिकाले मनायो विश्व वातावरण दिवस

तुलसीपुर, २२ जेठ ।
विश्व वातावरण दिवस २०८० #BeatPlasticPollution  (प्लाष्टिक प्रदूषण विरुद्ध लागौं) भन्ने मुल भनाइलाई ख्याल राख्दै आज सगरमाथा बालबाटिका इङलिस स्कुलले “वृक्षारोपण तथा मन्दिर परिसर सरसफाइ कार्यक्रम”को आयोजना गरेको छ। विद्यालयका प्रधानाध्यापक छवि कुमार वलीको अध्यक्षतामा, शिव मन्दिर ब्यबस्थापन समितीका अध्यक्ष बिनोद अधिकारीको प्रमुख आतिथ्यता र शिवशक्ति टोल विकास समितिको अध्यक्ष बिक्रम खनालको बिशिस्ट आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रमका प्रमुख अतिथि अधिकारीले विद्यालयले यो विशेष दिनमा आयोजना गरेको विशेष कार्यक्रमको खुलेर प्रशंसा गर्नु भएको छ। सबै विद्यालयले विद्यार्थीहरुलाई मन्दिर परिसरमा लिएर वृक्षारोपण र सरसफाइ गर्नु सराहनीय कार्य रहेको बताउनु भएको छ । जसले गर्दा विद्यार्थीहरु आध्यात्मिक तर्फ प्रेरित हुन्छन र एउटा समृद्ध समाजको निर्माण हुन्छ भनेर भन्नु भएको छ।

यसैगरी कार्यक्रमका बिशिस्ट अतिथि बिक्रम खनालले छोटो समयमा विद्यालयले विभिन्न कार्यक्रम गर्दै विद्यार्था एवं अभिभावकहरुको मन जित्न सफल रहेको कुरा बताउनु भयो। मन्तव्यको क्रममै जिवन उपयोगी शिक्षा प्रदान गर्नेमा अहिले सगरमाथा स्कुल अग्रसर भएको कुरा वताउनु भयो। जहा आफ्ना वरिपरिका बाबुनानीहरु पढ्छन् त्यो स्कुलको प्रगति देख्दा सार्है खुशी लाग्दो रहेछ भन्नु भयो।

कार्यक्रमका अध्यक्ष एवं विद्यालयका प्रधानाध्यापक वलीले मन्दिरका अध्यक्ष बिनोद अधिकारीलाई सौजन्य स्वरुप डस्विनहरु हस्तान्तरण गर्नु भएको थियो। त्यसैगरि मन्दिर परिसरमा रुद्राक्ष र स्वामिका वृक्षहरु रोपेको पनि जानकारी दिनु भयो।


वातावरण दिवसको अवसरमा वृक्षारोपण गर्नुको मुख्य उदेश्य भावि सन्ततिहरुलाई प्रकृति–प्रेम सिकाउन र सुन्दर,सफा वातावरण निर्माण गर्न आजको कार्यक्रम आयोजना गरेको वताउनु भयो। वलीले हरेक विद्यार्थीले आफ्नो जन्मदिनमा एउटा विरुवा रोपेर स्वच्छ वातावरण निर्माण गर्न आग्रह गर्नु भएको छ। हरेक वर्ष ४०० विलियन टन प्लाष्टिकहरु उत्पादन हुने गर्दा छ ।

जसमध्ये ५० प्रतिशत प्लाष्टिकहरु एक पटक मात्र प्रयोग गर्न बनाइएको हुन्छ। यस अवस्थामा प्लाष्टिक प्रदुषणले विश्वलाई आक्रान्त गरिरहेको यस अवस्थामा बिश्व समुदायलाई यस वर्ष प्लाष्टिक प्रदूषण विरुद्ध एकजुट हुन वलीले आग्रह गर्नु भएको छ। विद्यालयका सम्योजक तिलक डाँगीको स्वगत मन्तव्यबाट सुरु भएको कार्यक्रम विद्यालयका प्रोग्राम चिफ शरद शर्मा मज्गैयाले गर्नु भएको थियो।