राप्ती नदी किनारमा एक महिलाको शव फेला

लमही, १३ जेठ ।

राप्ती नदिको किनारमा महिलाको बेवारिसे शव फेला परेको छ । लमही नगरपालिका वडा नम्बर ७ बनघुस्रीको राप्ती किनारमा शुक्रबार अन्दाजी ३५/४० बर्षको तराई भेगको जस्तो देखिने महिलाको शव फेला परेको हो ।


बेलुका ६ बजे स्थानियले शव देखेपछी प्रहरीलाई खबर गरेका थिए । शव सडेको अबस्थामा रहेको प्रहरी चौकि सतबरियाका प्रमुख बसन्तराज गिरीले जानकारी दिए ।