तुलसीपुर
१९ वैशाख / दाङ तुलसीपुर उपमहानगरपालिका वडा नं. १७ मा स्वतन्त्र उम्मेदवार डिल्ली अधिकारीले चुनाबी अभियानलाई तिब्र पारेका छन् ।
सोमबार जनताको घर–घरमा पुगेर मत मागेका छन् । त्यस अवसरमा अधिकारीले आफूले जनताको निष्पक्ष रुपमा सेवा गर्नकालागि स्वतन्त्र रुपमा चुनाबी मैदानमा होमिएको बताएका छन् ।
उनले आफ्नो जित निश्चित भएको समेत बताएका छन् । अधिकारीसहित अन्य दुई जना सदस्य स्वतन्त्र रुपमा चुनाबी मैदानमा होमिएका छन् ।
लाइभदाङ । १९ बैशाख २०७९, सोमबार २०:५० बजे