माओवादी केन्द्र तुलसीपुर १३ बाट अध्यक्षकालागि ४ जनाको नाम सिफारिश

तुलसीपुर,२ बैशाख ।


माओवादी केन्द्र तुलसीपुर उपमहानगरपालिका वडा नं.१३ को अध्यक्षकालागि ४ जनालाई सिफारिश गरिएको छ । पार्टीको शुक्रबार बसेको बैठकले ४ जनाको नाम सिफारिश गरेको हो । अध्यक्षकालागि वाईसिएलका केन्द्रीय सदस्य तथा पार्टीको तुलसीपुर नगर सदस्य दिपशिखा घर्तीसहित चारजनाको नाम सिफारिश गरिएको हो । जसमा पार्टीका वडाध्यक्ष देवबहादुर विक, दिलबहादुर खड्का र बुद्ध वलीको नाम सिफारिश गरेको छ । त्यस्तै सदस्यहरुमा मेघराज केसी,सुदन विक,डिलादेवी महतारा, अञ्जु विक, गिरीराज वली, केवली नेपाली, भुमा विकलाई सिफारिश गरिएको छ ।