राजपुर गाउपालिका ७ को वडा अध्यक्षमा उमेदवारको लागि खड्का र बस्नेत

सागर रोका,
दाङ २१ चैत ।
स्थानीय तहको निर्वाचन नजिकिदै गर्दा राजपुर गाउँपालिका वडा नम्बर ७ को वडाध्यक्षमा कस्ले टिकट पाउला भन्ने बारेमा निकै चासोको विषय बनेको  छ ।
नेपाली काङ्ग्रेसका नेता जानकीलाल बस्नेतको घर पनि सोही वडामा भएका कारण त्यस वडाको नेतृत्व कस्ले हात पार्ला भन्ने बारे सबैको ध्यान केन्द्रित गरेको छ ।
वडाध्यक्ष र वडा सदस्यहरुको नाम सिफारिस गर्नका लागि बसेको वडा समिति बैठकले गाउँपालिका उपसभापति अमृत खड्का र क्षेत्रीय प्रतिनिधि प्रमोद बस्नेतको नाम सिफारिस गरेको हो ।
प्रमोद बस्नेत लैबरुवा निवासी हुन भने अमृत खड्का नेपाल भारत सिमामा पर्ने बिकट गाउँ भैसाहिनाका निवासी हुन । अमृत खड्का वडा न. ७ नेपाली काङ्ग्रेसमा लोकप्रिय र दुर-दराज पिछडिएको क्षेत्रको प्रतिनिधित्व गर्न सक्ने पात्रको रुपमा उनलाई बढी महत्वाकांक्षी गरिएको छ । आसन्न स्थानीय तहको निर्वाचनका लागि वडा समितिले उम्मेदवारको नाम संकलन गर्ने क्रममा चार जनाको नाम आएको थियो ।
वडाध्यक्ष पदका लागि नेपाली काङ्ग्रेस राजपुर गाउँपालिकाका उपसभापति अमृत खड्का, क्षेत्रीय प्रतिनिधिद्वय प्रमोद बस्नेत,चेत बहादुर ओली र गाउँपालिका समिति सदस्य ओमप्रकाश बस्नेतको दावी रहेको थियो ।
वडा नम्बर ७ का वडा सभापति खीमसिंह रानाका अनुशार चेत बहादुर ओली र ओम प्रकाश बस्नेतलाई सहमतिमा नाम फिर्ता गराइएको थियो ।
दाङका २०७९ को स्थानीय निर्वाचनमा धेरैजसो युवाहरुको सहभागिता देखिएको छ । ७४ को स्थानीय निर्वाचनमा नेपाली काङ्ग्रेसका तर्फबाट भीम बहादुर खड्का वडाध्यक्षमा निर्वाचित भएका थिए ।