ग्रीन भेन्चर्सको आइपीओ बाँडफाँट नतिजा कसरी हेर्ने ?

काठमाडौं, २० चैत ।

ग्रीन भेन्चर्स कम्पनी लिमिटेडको आइपिओ बाँडफाँट भएको छ।

आइपिओ बिक्री प्रबन्धक लक्ष्मी क्यापिटलले आइतबार धितोपत्र निष्काशन तथा बाँडफाँट निर्देशिका २०७४ बमोजिम सेयर बाँडफाँट गरेको हो।

तोकिएको भन्दा बढी आवेदन परेपछि कम्पनीले गोलाप्रथाद्वारा २ लाख ८७ हजार ५०० जना लगानीकर्ताले १० कित्ताका दरले सेयर वितरण गरेको हो।

कम्पनीले चैत ८ गते मंगलबारदेखि चैत ११ गते, शुक्रबारसम्म सर्वसाधारणका लागि आइपिओ निष्कासन गरेको थियो। आइपिओमा कुल २१ लाख ५७ हजार ६३१ जना आवेदकले २ करोड ५९ लाख ४० हजार ५६० कित्ताका लागि आवेदन दिएका थिए।


कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका कुल ३१ करोड २५ लाख रुपैयाँ बराबरको ३१ लाख २५ हजार ७५० कित्ता आइपिओ जारी गरेको हो। जसमध्ये जारी पूँजीको ३ प्रतिशत अर्थात ९३ हजार ७ सय ५० कित्ता सेयर कर्मचारीहरुका लागि, ५ प्रतिशत अर्थात १ लाख ५६ हजार २ सय ५० कित्ता सेयर सामूहिक लगानी कोषका लागि र २८ लाख ७५ हजार कित्ता साधारण सेयर सर्वसाधारणका लागि छुट्याइएको थियो ।

हाल कम्पनीको चुक्ता पूँजी २ अर्ब ५० करोड लाख रुपैयाँ रहेको छ। आयोजना प्रभावित स्थानीयलाई ३१ करोड २५ लाख रुपैयाँ र सर्वसाधारणलाई ३१ करोड २५ लाख रुपैयाँ गरी ६२ करोड ५० लाख रुपैयाँ बराबरको शेयर निष्काशनपछि कम्पनीको चुक्ता पूँजी २ अर्ब १२ करोड ५० लाख रुपैयाँ पुग्नेछ।

यसरी हेर्नुहोस् नतिजा

१. सिडिएस एण्ड क्लियरिङ लिमिटेडले सञ्चालनमा ल्याएको आइपिओ नतिजा हेर्ने पोर्टल

२. निष्कासन तथा बिक्री प्रबन्धक लक्ष्मी क्यापिटल लिमिटेडको वेवसाइट