स्मार्ट सीटीको हालत: टिनको छाप्रोमा कक्षा !

दिपक बोहरा
तुलसीपुर
१० चैत /  वरिपरि टिनले बेरिएको छ । त्यही टिनले बेरिएको छाप्रो भित्र शिक्षकले विद्यार्थीहरुलाई पढाईरहेका छन् । छाप्रो भित्र चैतको पारीलो घाम छिरेको छ । शिक्षिकाले सलले निधारमा परेको घाम छेक्दै ‘ह्वाईट बोर्ड’मा लेखिरहेकी हुन्छिन् । विद्यार्थीहरु एक हातले कपीले निधारमा परेको घाम छोपिरहेका हुन्छन्, भने एक हातले शिक्षिकाले भनेको कुरा कपीमा टिपिरहेका हुन्छन् । यही चित्र देखिन्छ्, सुगम जिल्लाको विकट क्षेत्रमा रहेको अम्बासको एक विद्यालय ।

तुलसीपुर उपमहानगरपालिका वडा नं. ३ अम्बासमा मावि प्रतापकोटका ३ वटा कक्षाका विद्यार्थीहरुले टिनको छाप्रोमा पढिरहेका हुन्छन्, भने एउटा कक्षाका विद्यार्थीहरु बाहिरै पढिरहेका हुन्छन् । विद्यालयमा प्रयाप्त भवन नहुँदा यहीकात्तिकदेखि यसरी बाहिरै पढाई भइरहेको छ । हिउदमा बाहिर पढ्दा पनि त्यति समस्या भएन्, तर अब गर्मीयाम सुरु भएकाले निकै समस्या हुने गरेको शिक्षिका कमला शर्माले बताईन् ।‘हिउदमा त ठिकै थियो, अब गर्मी समय भयो, घामले निकै पोल्छ, हावाहुरी लाग्दा टिन खसेर चोट लाग्ने हो की भन्ने उत्तिकै डर छ’,उनले भनिन्‘पानी प¥यो भने पनि कसरी पढाउने भन्ने समस्या छ ।’

एउटा कक्षाका विद्यार्थीहरुलाइ पढाएको कुरा अर्को कक्षाका विद्यार्थीहरुले सुन्छन् । एकातर्फ हो–हल्ला गरेको अर्को तिर सुनिन्छ । विद्यार्थीहरुले एकातिर पढाएको कुरा अर्कैतिर सुनिने भएकाले बुझ्न पनि समस्या हुने गरेको बताउने गरेका छन् ।‘विद्यार्थीहरुको होहल्लाले पनि पढ्न गाह्रो हुन्छ, एकातिर पढाएको अर्को तिर सुनिन्छ’,कक्षा ६ मा अध्ययनरत छात्रा प्रतिक्षा गुरुङले भनिन्‘छिटो कक्षाकोठा बनाएको भए हुन्थ्यो, हामीलाई पढ्न निकै समस्या भयो ।’

अहिले कक्षा ४,५,६ र ७ का विद्यार्थीहरु यसरी छाप्रो र खुल्ला चौरमा पढ््न बाध्य छन् । २०२८ सालमा स्थापना भएको उक्त विद्यालयका भवन पूराना भएका थिए । पुराना भवनलाई भत्काएर नयाँ भवन निर्माण गर्ने कार्य अघि बढ्यो । तर, समयमै विद्यालय भवन निर्माण पूरा नभएपछि अहिले यसरी बाहिर राखेर पठन–पाठन गर्न बाध्य भएको विद्यालयका प्रधानाध्यापक फस्टबहादुर राणाले बताए ।“ हामीकहाँ एउटा पुरानो भवन थियो, त्यही भवनमा विद्यार्थीहरुले पढ्ने गरेका थिए, त्यो विद्यालय चुहिने खालको निकै जीर्ण थियो’,उनले भने‘नयाँ भवन निर्माण गर्नुपर्ने अबस्था भयो, तर अन्य ठाउँमा हामीसंग जग्गा भएन, त्यसपछि भएको भवनलाई भत्काएर भएपनि नयाँ भवन बनाउनु पर्ने भयो, त्यही क्रममा पहिले भएको भवन भत्काएर नयाँ भवन निर्माण गर्न थालिएकाले अहिले बाहिर पढाउनु पर्ने बाध्यता छ ।’ त्यहाँ भएको भवन गएको कात्तिकमा भत्काएर नयाँ निर्माण थालिएको हो ।

तर, अहिलेसम्म त्यहाँ काम एकरत्ति पनि अगाडी बढ्न सकेको छैन । छाया नेपालले संगसंगै निर्माण थालेको तुलसीपुर ७ कालाखोला स्थित भवनको काम अन्तिम चरणमा पुगेको छ । तर,अम्बासको भवन निर्माणको काम भने सुस्त गतिमा छ । विद्यालयका प्रअ राणाका अनुसार असारमसान्तसम्म सक्ने गरि सम्झौता भएपनि विद्यार्थीहरुको पठन–पाठनलाई मध्येनजरगरि त्यो भन्दा छिटै पूरा गर्ने गरि अगाडी बढ्ने आस्वासन दिईएको थियो । तर, त्यो आस्वासन अनुसार काम नहुँदा अहिले विद्यालयले छाप्रामा पढाउनु पर्ने बाध्यता रहेको गुनासो गरे ।‘पानी पर्न थाल्यो भने, हावाहुरी लाग्न थाल्यो भने विद्यालय बन्द हुने अबस्था रहेको छ’,उनले भने‘यसले विद्यार्थीको पठन–पाठनमा निकै समस्या पार्ने देखिन्छ ।

एक करोड ४३ लाख लागतमा ८ कोठाको उक्त भवन निर्माण हुन लागेको हो । कक्षा १० सम्म सञ्चालित उक्त विद्यालयमा अहिले २४५ विद्यार्थी छन् । त्यहाँ सोही वडाको थापापानी, बल्ले, टिमगैरा, टुनापानी, सितेधारा, सिस्नेरी, कल्ले, बल्ले, अम्बास, बोहरागाउँ, गहिरा नाउलालगाायतबाट आउने गर्छन् । अहिले विद्यालयमा १४ जना शिक्षक कर्मचारी कार्यरत रहेको प्रअ राणाले बताए ।

शौचालयको पनि उत्तिकै समस्या

विद्यालयमा शौचालयको पनि समस्या छ । एउटा शौचालय छ । त्यो पनि निकै फोहर छ । पानी नभएकाले गर्दा शौचालय निकै दुर्गन्धित हुने गरेको विद्यालय ब्यबस्थापन समितिका अध्यक्ष लिलामणी बाँठाले बताए ।‘पानीको निकै समस्या छ’,उनले भने‘ खानेपानी समेत पाउन गाह्रो छ, शौचालय प्रयोग गर्ने कुरा त टाढाको कुरा भयो, त्यसले गर्दा पनि शौचालय निकै दुर्गन्धित बन्ने गरेको छ ।’

घण्टौं हिडेर विद्यालय

त्यो विद्यालय पढ्न तीन घण्टा हिडेर आउनु पर्ने अबस्था छ । गाउँ पनि सानो भएको र नजिकमा विद्यालय नभएकाले धनवासका विद्यार्थीहरु २/३ घण्टा हिडेर विद्यालय आउनु पर्ने बाध्यता रहेको छ ।‘यो विद्यालयमा टाढाटाढाबाट पढ्न आउनु हुन्छ’, विब्यस अध्यक्ष बाँठाले भने‘धनवासबाट यहाँ पढ्न आउन २÷३ घण्टा लाग्छ ।’


 

खान पकाउन पानी कुर्दा दिउसो १२ बज्छ

कल्ले–बल्ले तुलसीपुर बजारदेखि १३ किलोमिटरको दुरीमा छ । स्मार्ट सीटीको नाम दिईएको तुलसीपुरको सोही ठाउँका बासिन्दाहरु अहिले पानी नपाउँदा काकाकूल बनेका छन् । धारा जडान गरिएको छ । घर अगाडी नै पाईप पुगेका छन्, तर, पानी आउदैन् । बर्षादमा पानीको सहज आपूर्ति हुने गरेको भएपनि हिउदमा तुलसीपुर उपमहानगरपापिलका वडा नं. ३ मा पर्ने त्यहाँका आधादर्जन गाउँहरु काकाकूल हुन्छन् ।

धारामा पानी नआएपछि तीन घण्टा हिडेर खेलाबाट पानी ल्याउनु पर्छ । खोलामा पनि पालो पाउन गाह्रो पर्छ ।“धारामा कहिले आउछ, कहिल्यै आउँदैन्”, तुलसीपुर ३ अम्वास निवासी शसिकला बिकले भनिन्“धारामा पानी नआएपछि खोलामा गएर ल्याउनुपर्छ, त्यहाँ पनि पालो कुर्नुपर्छ ।”

सडक र विद्युत पुगेपनि सहजै खानेपानी पुग्न नसकेको उनको गुनासो छ । “घरमा पानी सकिएको हुन्छ, पानी ल्याएपछि खाना पकाउने भन्ने हुन्छ”,उनले भने “तर, कहिल्यै १२ बजेसम्म पनि पानी ल्याई नपु¥याउँदा त्यतिबेलासम्म खान पाकेको हुँदैन ।” गाउँका सबै मान्छे २÷३ घण्टा हिडेर धारेखोला गएर पानी ल्याउने गर्छन् । त्यहाँ पनि पालो पाईदैन । मुहान सानो भएकाले पहिले गएकाले पानी पाउछन्, पछि गएकाहरुले पानी पाउन पनि मुस्किल हुने गरेको स्थानीय सावित्रा विकले बताईन् ।“पानी ल्याउन हामी राति ३ बजे उठेर जानुपर्छ, जो अघि गयो, उसैले पानी पाउने र पछि गएकाले पानी पनि नपाउने अबस्था छ”,उहाँले भन्नुभयो“पानी ल्याउनलाई राति उठ्नु पर्छ ।”

पालो पाएपछि ६ बजे घर पुगिन्छ, नत्र भने १०/११ बज्ने गरेको उनीहरुको गुनासो छ ।

त्यहाँ थापानी र घुटघुतेबाट पानी ल्याउने गरेका छन् । त्यहाँ गाउँका २ वटा ट्याङ्की छन् । ति मध्ये एउटा ट्याङ्कीको कल्लेबल्ले र अर्को ट्याङ्कीको अम्बास पानीकालागि पाईपबाट पठाउने गरिन्छ । तर, त्यहाँ हिउदमा पानी नपाउने समस्याले बर्षौदेखि आजित भएको स्थानीय मालबहादुर वलीले बताए । “पटक–पटक निर्वाचनको समयमा पानी ल्याइदिने आस्वासन दिने गर्छन्”,उनले भने “त्यसपछि फर्केर पनि नआउने अबस्था छ, अब निर्वाचन हुन लाग्यो, सडक, विद्युत ल्याएर आउने गरेका छन ।” अहिले त्यहाँ सडक, विद्युत पुगेको छ । विद्युत पनि बर्षा लाग्नै वित्तिक जाने गर्छ । दुई अघि त्यहाँ विद्युत जडान गरिएको हो । तर, बीच–बीचमा जाने, आउने समस्या भइरहने गर्छ । “एउटा रुख ढल्यो की विद्युत बन्द हुन्छ, त्यसलाई मर्मत गर्न कसैको पनि चासो हुँदैन”,स्थानीय अगुवा लिलामणी बाँठाले भने “सडक पनि बर्षादमा त्यस्तै समस्या हुन्छ ।” त्यहाँ कल्ले,बल्ले, टुनापानी,नाउला, अम्बास,सितधारालगायतका गाउँहरु छन् । त्यहाँ करिब ३ सय बढि घर रहेका छन् ।

ति स्थानहरुमा खानेपानी पु¥याउनकालागि उपमहानगरापालिकाले पहल थालिरहेको तुलसीपुर उपमहानगरपालिकाका प्रबक्ता सूर्यबहादुर डाँगीले बताए । साभारः अग्रिम साप्ताहिक

May be an image of 8 people, people standing, outdoors and text