
तुलसीपुर,४ बैशाख ।
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा युरोलोजी (मूत्ररोग) सेवा अन्तर्गत एक बर्षमा ६ सय ४९ सल्यक्रिया भएको छ । युरोलोजिस्ट सर्जन डा. सुशिल खनियाँका अनुसार
गएको बैशाखदेखि चैत तेस्रोसातासम्म सोही बराबर सेवा प्रदान गरिएको हो । यसअघि जिल्लामा युरोलोजी सेवा नहुँदा सामान्यदेखि विशेषज्ञ उपचारका लागि बिरामीलाई बाहिरी जिल्ला पठाउनु पर्ने बाध्यता थियो।
युरोलोजी सेवाअन्तर्गत पिसाबसम्बन्धी रोग, प्रोस्टेट, मिर्गौलाको पत्थरी, पित्तथैलीको पत्थरी, पिसाबको नलीसम्बन्धी समस्या, अण्डकोषमा मासु पलाउने वा सुन्निने, पिसाब पोल्ने वा चुहिने लगायतका रोगहरूको उपचार प्रतिष्ठानमा गर्न सकिने युरोलोजीष्ट डा.खनियाले जानकारी दिनुभयो । उहाँका अनुसार युरोलोजी सेवा लिने बिरामीको संख्या दिनदिनै बढ्दो क्रममा छ।
प्रतिष्ठानका निमित्त अस्पताल निर्देशक प्रा.डा. जनार्दन पन्थले युरोलोजी सेवा अत्यन्त प्रभावकारी बनेको बताउनुभयो ।



लाइभदाङ । ४ बैशाख २०८३, शुक्रबार २०:०७ बजे