विद्यार्थी कोही पास्ता बनाउँदै थिए, कोही चिकेन बल

तुलसीपुर, २५ चैत ।

कोही पास्ता बनाउँदै थिए, कोही चिकेन बल त, कोही भेज बल ।

यो किचेन कुनै चलेको होटेल भन्दा कम थिएन । तुलसीपुर उपमहानगरपालिका वडा नं. ६ स्थित ज्ञानज्योति माध्यामिक विद्यालयका विद्यार्थीहरु बुधबार यसरी खानाका बिभिन्न परिकारहरु बनाउँदैथिए ।

कक्षा ११ र १२ मा होटेल म्यानेजमेन्ट पढ्ने विद्यार्थीहरुले यसरी बिभिन्न परिकार बनाएर, उपस्थित पाहुनाहरुलाई खुवाएका पनि थिए । विद्यार्थीहरुले यसरी कुकदेखि वेटरसम्मको काम गरिरहेको थिए । यो त केवल किताबमा पढेको कुरालाई प्रयोगात्मक रुपमा विद्यार्थीहरुले उतार्ने कार्य थियो ।

यसरी नै सिकेको कुरालाई प्रयोगात्मक गरि भविष्यमा राम्रो होटेल ब्यबस्थापक बन्ने चाहाना रहेको विद्यार्थी विद्यार्थी टेकराज अधिकारीले बताए ।


ज्ञानज्योती कलेज तुलसीपुर र इन्टरनेसनल स्कूल अफ टुरिजम होटल म्यानेजमेन्ट (आईएसटी) कलेज काठमाडौंको सहकार्यमा भएको फुड फेस्टिबलमा विद्यार्थीहरुले यसरी परिकार बनाएका थिए ।

विद्यालयले २०६६ सालदेखि यसरी होटेल म्यानेजमेन्ट अध्यापन गराउँदै आएको विद्यालयका सिइयो सुरेन्द्र जीसीले बताए ।

आइएसटी कलेजका सिइओ नरेन्द्र बज्राचार्यले होटेल म्यानेजमेन्ट पढ्ने विद्यार्थीहरुलाई नेपालमै रोजगारीका अवसर प्रशस्त रहेको बताए ।
कार्यक्रममा विद्यालयका शैक्षिक संयोजक शरद गौतम,

कलेजका शैक्षिक संयोजक शरद गौतमले ज्ञानज्योति स्कूलले विगत १६ वर्ष अघिदेखि होटल म्यानेजमेन्ट पढाउन शुरु गरेको बताए ।
यो बिद्यालयले विद्यार्थी संगै अभिभावकलाई बोलाएर फुड फेष्टिबल गर्न थालेको यो दोस्रो पटक हो ।