दाङमा माओवादीका केन्द्रीय नेताको जिम्मेवारी बाँडफाँट

तुलसीपुर, ६ भदौ ।
नेकपा (माओवादी केन्द्र)ले तीन महिने अभियानलाई प्रभावकारी बनाउन केन्द्रीय नेताहरूलाई वडा तथा पालिकामा जिम्मेवारी तोकेको छ ।

जस अनुसार पार्टीका केन्द्रीय नेताहरू वडामै पुगेर पार्टी संगठनको काम गर्नुपर्ने छ । पार्टी उपाध्यक्ष कृष्णबहादुर महरालाई घोराही ७ को जिम्मेवारी दिइएको छ । त्यसैगरी घोराही – १७ को जिम्मेवारी सञ्चारमन्त्री एवम् स्थाायी समिति रेखा शर्मालाई दिइएको सचिव विश्वराज आचार्यले जानकारी दिए ।


त्यस्तै घोराहीमा गुणराज घर्ती, तुलसीपुर र बबईमा तिलकराम शर्मा हिमाल, शान्तिनगरमा धनबहादुर मास्की, दंगीशरण पट्टु चौधरी, लमही र राजपुरमा कृष्णी कुष्मा चौधरी, गढवा र राप्ती प्रदेश सचिव कृष्णकुमार अधिकारी र बंगलाचुलीमा तुलसीराम पुनलाई जिम्मेवारी प्रदान गरिएको छ ।