तुलसीपुरमा स्कुल बस र स्कुटी ठोक्किँदा एक जना घाइते

तुलसीपुर, २० साउन ।
दाङको तुलसीपुरमा स्कुल बस र स्कुटी एकआपसमा ठोक्किँदा एक जना घाइते भएका छन् । घाईते हुनेमा तुलसीपुर उपमहानगरपालिका–७ का ६३ वर्षीय खगेस्वर पराजुली घाइते भएको प्रहरीले जनाएको छ ।

पराजुलीको दुबै खुट्टामा सामान्य चोट लागेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरिक्षक सुर्य रानाले जानकारी दिनुभयो । पराजुलीको राप्ति प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारपछि डिस्चार्ज गरिएको प्रहरी निरिक्षक रानाले बताउनुभयो ।


मंगलबार दिउँसो करिब सवा ३ बजेको समयमा सस्कार पाठशालाबाट विद्यार्थी छोड्न जादै गरेको लु प्र ०६–०२–०१ क ०१३६ नम्बरको स्कुल बस र गलत बाटो प्रयोग गरी आइरहेको रा ६ प ९१ नम्बरको स्कुटि तुलसीपुर–६ गुल्म चोकमा दुर्घटना भएको हो ।

दुर्घटनास्थलमा प्रहरी निरीक्षक विष्णु बस्नेतको कमाण्डमा प्रहरी खटिएको र दुबै सवारी साधनमा क्षति पुगेको प्रहरीले जनाएको छ ।