सिस्ने खोलामा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु

दाङ, ३१ असार । दाङमा मोटरसाइकल दुर्घटनामा परी दुई जना किशोरको मृत्यु भएको छ । दुर्घटनामा परी गढवा गाउँपालिका वडा नम्बर ८ घर भई घोराही उपमहानगरपालिका वडा नम्बर १७ भैँसेमा डेरा गरी बस्ने १८ वर्षिय रोहीत बिक र १६ वर्षिय निशान बिकको मृत्यु भएको हो ।

दुवै जनाको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचारको क्रममा सोमबार साँझ मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता डिएसपी चक्र बहादुर शाहले जानकारी दिनुभयो ।


रामपुरबाट घोराहीतर्फ आउँदै गरेको रा ७ प ३२७० नम्बरको मोटरसाइकल घोराही उपमहानगरपालिका–४ सिस्नेखोलामा बेलुका ७ बजेतिर आफै अनियन्त्रीत भई दुर्घटना भएको हो । तिब्र गतिका कारण दुर्घटना भएको अनुमान गरिएको छ । दुवै जनाको शबलाई राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखिएको प्रहरीले जनाएको छ ।