प्याब्सन दाङको अध्यक्षमा न्यौपाने

दाङ, ८ मंसिर ।
निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) दाङको अध्यक्षमा निर्मल न्यौपाने विजयी भएका छन् । आइतबार भएको प्याब्सन दाङको १६ओैँ अधिवेशनबाट न्यौपाने अध्यक्षमा निर्वाचित भएका हुन् ।

न्यौपाने ६२ मतका साथ विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी विजयमान जिएमले ५६ मत लिएका थिए । कुल १५७ मतमा ११८ मत खसेको थियो । त्यस्तै बरिस्ठ उपाध्यक्षमा बिरेन्द्र चन्द विजयी भएका छन् । चन्दले ६० मत प्राप्त गरेका थिए भने उनका निकटतम प्रतिद्वन्द्वी गिरीराज डाँगीले ५८ मत लिएका थिए ।


उपाध्यक्षमा शोभाखर भुसाल, सचिवमा आदिम केसी निर्विरोध निर्वाचित भएका छन् । त्यस्तै कोषाध्यक्षमा हरि वली ६० मतका साथ निर्वाचित भएका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी पोषण न्यौपानेले ५८ मत लिएका थिए । सहसचिवमा कृष्णप्रसाद पोख्रेल, सहकोषाध्यक्षमा बिमल अधिकारी निर्विरोध निर्वाचित भएका छन् ।

सदस्यमा विजय गौतम, हरि प्रसाद पौडेल, सुनिल गौतम, केश कुमार खड्का, बामदेव शर्मा, पार्वता भुसाल, पुष्करदेव चौधरी, गोविन्द खनाल, दिपक पोख्रेल र विष्णु हमाल निर्विरोध निर्वाचित भएका छन् ।