रुखबाट लडेर एक जनाको मृत्यु

तुलसीपुर, २७ असार । दाङको तुलसीपुरमा रुखबाट लडेर एक जनाको मृत्यु भएको छ ।

इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक प्रकाश थापाका अनुसार विहीबार साँझ पौने ६ बजेतिर शान्तिनगर गाउँपालिका ४ एक्ले निवासी राम बहादुर खड्काको १२ बर्षीया छोरी सुबर्ण खड्काको रुखबाट लडेर मृत्यु भएको हो ।

खड्का आफ्नो घर देखी एकसय मिटर टाढा रहेको जाबुनको रुखमा चढेर जामुन टिपिरहेको अबस्थामा लडेर गम्भीर भइएकी थिइन् ।


उनको दुबै हात र शरिरमा भित्री चोट भएपछि उपचारकालागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको अबस्थामा मृत्यु भएको हो ।