भीरबाट लडेर देउखुरीमा एक जनाको मृत्यु

दाङ, ४ साउन ।
देउखुरीमा भिरबाट लडेर बिहिबार एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा राजपुर गाउँपालिका ६ राजपुर निवासी टंकलाल चौधरीको घरमा लामो समयदेखि काम गर्दै आएका अन्दाजी ६० वर्षका बुद्धिराम चौधरी रहेको इलाका प्रहरी कार्यालय गढवाका प्रहरी निरीक्षक कालिका कार्कीले जानकारी दिनु भयो ।

तन्कलालको घरमा गाई बाख्रा चराउने काम गर्दै आएको उनी विहीबार राजपुर गाउँदेखि करिब एक घन्टाको दुरीमा रहेको बुकी लेखमा बाख्रा चराउन गएका थिए । बाख्रा हराएपछी बाख्रा खोज्दै हिडेका बुद्धिराम करिब पचास मिटर अग्लो भिरबाट लडेका थिए । मृतक चौधरीको खास घर कहाँ हो भन्ने पनि केहि जानकारी नभएको प्रहरीले बताएको छ ।


सूचना प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय गढवाका प्रहरी निरीक्षक कालिका कार्की घटनास्थल पुगी भिरबाट लडेर ज्यान गुमाएका चौधरीको शवलाई पोष्ट मार्टमका लागि लमही अस्पताल पुर्याएको जानकारी दिनु भएको छ ।