तुल बहादुर कवँर मगर
देउखुरी, २२ फागुन ।
दाङ देउखुरीको राप्ती गाउँपालिकामा नयाँ प्रविधिहरूमा पहुँच (RePLANT) मार्फत बाली कटानी पछि हुने क्षति रोक्नका लागि गाउँपालिका स्तरीय परियोजना सल्लाहकार समितिको बैठक मंगलबार सम्पन्न भएको
ग्रामीण महिला उत्थान केन्द्र दाङको आयोजना तथा राप्ती गाउँपालिकाको समन्वयमा गाउँपालिकाको कार्यालय मसुरीयामा उक्त बैठक सम्पन्न भएको हो।
राप्ती गाउँपालिकाका अध्यक्ष तथा गाउँपालिका स्तरीय परियोजना सल्लाहकार समितिका संयोजक प्रकाश विष्टको अध्यक्षतामा सम्पन्न बैठकमा बोल्दै अध्यक्ष विष्टले पछिल्लो समय कृषकहरूले बाली कटानी पछि पनि विभिन्न किसमले क्षति बेहोर्नु परेको बताउदै संस्थाले सञ्चालन गरेको परियोजनाले त्यस्तो क्षति रोक्न सहयोग गर्ने विश्वास व्यक्त गर्नु भयो ।
त्यस्तै उहाँले ग्रामीण महिला उत्थान केन्द्रले अर्गानिक खेतीपाती र भण्डारका लागि कार्यक्रमहरु बनाउन सुझाव दिनुभयो । बैठकमा परियोजनाका संयोजक हित बहादुर थापाले परियोजनाको बारेमा जानकारी गराउनु भएको थियो।
बैठकमा राप्ती गाउँपालिकाकी उपाध्यक्ष कमलापती चौधरी,प्रमुख प्रशासकीय अधिकृत नेब बहादुर ओली,वडा नं.५ का वडा अध्यक्ष देव प्रसाद चौधरी,कार्यपालिकाका सदस्यहरु, गाउँपालिकाका विभिन्न शाखाका शाखा प्रमुख, भृकुटी महिला बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष तथा कर्मचारीहरुको सहभागीता रहेको बैठकको सहजीकरण परियोजना सुपरभाइजर कमला शर्माले गर्नु भएको थियो ।
लाइभदाङ । २२ फाल्गुन २०८०, मंगलवार १३:३२ बजे