दाङमा जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

तुलसीपुर,२२ माघ ।
दाङमा जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ परेका छन् । १५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको आराेपमा तुलसीपुर नगरपालिका १२ हरिपौरा बस्ने २१ वर्षीय अशोक चौधरी सहित २ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।


उनीहरूले ती किशोरीलाई ललाई फकाई गरी सोही नगरपालिका ११ गैरागाउँस्थित नर्सरीमा लगेर शनिबार राति जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । यस बारे आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।