राप्ती दुर्घटना अपडेट: थप दुई जनाकाे सनाखत

तुलसीपुर, २८ पुस ।
दाङको राप्ती गाउँपालिका वडा नं. १ भालुवाङ स्थित राप्ती नदी भएको बस दुर्घटनामा परि मृत्यु भएका मध्ये थप दुई जनाको सनाखत भएको छ । सनाखत हुनेमा चितवनको भरतपुर नगरपालिका वडा नं. २५ निवासी ३५ वर्षीय अनिल खड्का रहेको ईलाका प्रहरी कार्यालय भालुवाङका प्रहरी निरिक्षक उज्वल सिंहले जानकारी दिनुभयाे । खड्काको शव उनको जेठान गोवर्धन रावलले सनाखत गरेका थिए । त्यस्तै बाँकेको खजुरा गाउँपालिका वडा नं. ३ का सञ्जय केसीकाे पनि सनाखत भएकाे छ । सन्जयका बुवा पदम केसीले छोराको सनाखत गर्नुभएका थियाे । दुर्घटनामा परि मृत्यु भएका १२ जना मध्ये ८ जनाको यसअघी नै सनाखत भई सकेको छ । अन्य दुई जनाको सनाखत हुन बाँकी छ ।
यसअघी सनाखत हुनेमा बाँकेका ६० वर्षीया कुसुम बस्नेत, मकवानपुरका ३९ वर्षीय सौरभ विष्ट, काठमाडौं चन्द्रगिरीका ६५ पर्षीय ताराकान्त पाण्डे, भारत उत्रर प्रदेशका ३१ वर्षीया मुने, जुम्लाका ४० वर्षीय मुन बहादुर रावत, बाँकेका ३० वर्षीय रामबरण हरिजन, रूकुमका २५ वर्षीय दीपक कामी र भारत विहारका ६७ वर्षीय जोगेन्द्र रामको सनाखत भएको इलाका प्रहरी कार्यालय भालुबाङका प्रहरी निरिक्षक सिंहले जानकारी दिनुभयाे ।
बसमा चालकसहित ३६ जना सवार थिए । दुर्घटनामा परि २३ जना यात्रु घाइते भएका छन् ।
नेपालगञ्जबाट काठमाण्डौ तर्फ जाँदै गरेको नमस्ते नेपाल यातायात प्रालि. नेपालगञ्जको भे १ ख ३९१२ नं को बस शुक्रबार साढे १० बजेको समयमा राप्ती पुलबाट नदिमा खसेको थियो । गाडीको स्टेरिङ भाच्चिएपछि दुर्घटना भएको चालक जिल्ला सल्यान त्रिवेणी गाउँपालिका वडा नं.४ का २८ वर्षीय लालबहादुर नेपाली प्रहरी समक्ष वयान दिएका छन् ।
घाईते मध्य ४ जना गम्भीर मध्यम ११ जना र ९ जना सामान्य रहेका छन्, भने घाईते मध्य ८ जना बुटवल, १३ जनाकाे काेहलपुर मेडिकल कलेजमा उपचार भईरहेकाे छ ।