दाङमा टिप्परले ठक्कर दिदा २ जनाको मृत्यु

तुलसीपुर, ३० मंसिर । दाङमा टिप्परको ठक्करबाट प्युठानका २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा प्युठानको झिमरुक गाउँपालिका– ४ बाङ्गे बस्ने वर्ष १७ को बिशाल जि.सी. र नौबहिनी गाउँपालिका– लुङ बस्ने १८ वर्षका सागर केसी रहेको जिल्ला प्रहरी कार्यालय दाङका सूचना अधिकारी जनक बहादुर मल्लले जानकारी दिनुभयो ।


घाईते भई राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराही दाङमा उपचारको क्रममा मृत्यु भएको । तुलसीपुरबाट घोराही जाँदै गरेको रा १ क १३०७ नं.को टिप्परले दुई युवक सवार रा २ प ५५८९ नं.को मोटरसाईकललाई घोराही–१० झारबैरा चोकमा   गएराती १०:२०  बजे ठक्कर दिएको थियो । घाइते दुवैजनाको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । टिप्पर चालक रोल्पा रुन्टीगढी – ९ बस्ने वर्ष २६ का ईश्वर बुढालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।