दंगीशरण १ मा योग जागरण अभियान

प्रमोद आचार्य
दंगीशरण, २४ मंसिर ।
पतञ्जलि योग समिती दंगीशरणको आयोजना तथा  दंगीशरण गाउँपालिकाको आर्थिक सहयोगमा योग जागरण अभियान दंगीशरण गाउँपालिका वडा नं. १ को शिवपुरी पर्यटकीयधाम बाकिबेटारपुर योगभवनमा सम्पन्न भएको छ । पतञ्जलि योग समिती दंगीशरणका अध्यक्ष  दिपक बिष्टको सभापतीत्व, दंगीशरण गाउँपालिका अध्यक्ष शम्भु गिरीको प्रमुख आथित्यता तथा बबई गाउँपालिकाका अध्यक्ष कुल बहादुर खत्रीको बिशिष्ट आथित्यतामा योग जागरण सम्पन्न भएको हो ।

कार्यक्रममा बोल्दै दंगीशरण गाउँपालिकाका अध्यक्ष शम्भु गिरीले भौतिक पुर्वाधारको विकासले मात्र समृद्धिको यात्रा सफल नहुने बताउदै पालिका समृद्ध र समुन्नत बन्न मानविय विकासको आवश्यकता हुने बताए । आफु निर्वाचित भए पश्चात गाउँपालिकाका ३ वटा वडामा योग हल निर्माण गरीसकेको र यस आर्थिक वर्ष २०७९/८० मा पनि वडा नं.४ र वडा न ७ मा योगहल निर्माणका लागी १०/१० लाख बजेट विनियोजन गरेको जानकारी गराए । ब्यक्ती स्वस्थ भए मात्र समाज अनि सिङ्गो राष्ट्र स्वस्थ हुने बताउदै अध्यक्ष गिरीले ब्यायाम, योग र ध्यानबाट मात्रै सबै कुरा सम्भव हुने बताए ।

यस्तै कार्यक्रमका बिशिष्ट अथिति बबई गाउँपालिका अध्यक्ष कुल बहादुर खत्रीले देशको व्यवस्था बदलियो अव अवस्था बदल्न संस्कार बदल्नु पर्ने बताए । संस्कार बदल्न योग र ध्याननै उत्तम बिकल्प रहेको बताउदै हरेक क्षेत्रबाट संस्कार  परिवर्तन गर्न सरकारी निकायले योग र ध्यानलाई अनिवार्यता बनाउनुपर्ने बताए ।

लुम्बिनी प्रदेश पतञ्जली योग समितीका प्रभारी प्रेम शाहले योगले आरोग्यता, संस्कार, निरोगिता प्रदान गर्ने बताए । योगको माध्यमबाट सनातन हिन्दु धर्ममा जागरण ल्याउन नेपालमै पहिलो पटक आचार्यकुलम समेत संचालनमा ल्याउन लागिएको त्यसमा जोडिन सम्पुर्ण दङ्गालीहरूमा आग्रह गरे ।


योगको क्षेत्रमा दाङ नेपालमै एउटा हव बन्दै गइरहेकोप्रती खुसि व्यक्त गर्दै शाहले योगको माध्यमबाटनै स्वास्थ्य, शान्ती र संस्कार प्राप्त गर्न सकिने भएकाले अहिलेका स्थानीय सरकारहरूले योगमा लगानी गर्नु अपरीहार्य रहेको बताए । दाङ जिल्लाभरका करीव ५०० योग साधक साधिकाहरूको सहभागीतामा सम्पन्न योग जागरण कार्यक्रममा गरौं योग रहाै‌ निरोग, कपाल भाती जिवन साथी, जस्तो भोजन उस्तै मन लगायतका प्लयकार्ड सहित ¥यालि गरेका थिए । ¥यालिमा सहभागीहरूले आधारभुत विद्यालया बाकिबेटारपुर बाकि चोक हुदै कार्यक्रम स्थलमा  पुगी औपचारिक कार्यक्रममा परीणत भएको थियो ।

पतञ्जलि योग समिती दंगीशरण, शान्तीनगर र बबईका मिडिया प्रभारी यम बहादुर केसीको स्वागत मन्तव्यबाट शुरू भएको कार्यक्रमको सहजीकरण अमर भुषालले गरेका थिए ।