शैक्षिक परामर्श व्यवसायी संघ ‘एप्क्यान’ को संयोजकमा बस्नेत

काठमाडौँ, १३ भदौ ।
शैक्षिक परामर्श व्यवसायी संघ ‘एप्क्यान’ मंगलबार काठमाडौंमा एक कार्यक्रमकाे आयाेजना गरि प्रज्वल बस्नेतको संयोजकत्वमा ‘एप्क्यान’ घोषणा भएको छ ।


उनले भने “याे भन्दा अगाडी कुनै संस्थामा आबद्ध थियौँ । त्यस संस्थामा रहँदा हाम्रो माग विधि र प्रक्रिया र अनुशासन मान्नु पर्छ भन्ने थियो । तर हामीलाई नैतिकवान् बन्ने छुट छैन भनेर भनियो । जसले गर्दा हामीले यो संस्था घोषणा गर्न बाध्य भयौँ ।” उनले पदाधिकारीहरूले कागजपत्र दुरुपयोग गरेको गरेको बताए ।
शैक्षिक परामर्श व्यवसायी संघ ‘एप्क्यान’ प्रदेश र जिल्लामा शाखा बिस्तार गरिने बस्नेतले बताए ।