दाङका युवक लागु औषध सहित बाँकेबाट पक्राउ

तुलसीपुर, ६ माघ ।
बाँके प्रहरीले लागु औषध ब्राउन सुगरसहित एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा दाङको घोराही उपमहानगरपालिका–१४ नयाँ बजार निवासी १९ वर्षीय महेन्द्र बुढा मगर रहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जानकारी दिएको छ ।


इलाका प्रहरी कार्यालय जमुनाह र लागु औषध नियन्त्रण ब्युरो नेपालगञ्जबाट खटिएको संयुक्त प्रहरीको टोलीले उनलाई भारतबाट नेपाल तर्फ पैदल आउदै गरेको अवस्थामा फेला पारी संका लागेर जाँच गर्दा उनको साथबाट ९ ग्राम ब्राउनसुगर सहित नियन्त्रणमा लिएको प्रहरीले जानकारी दिएको छ । साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको बाँके प्रहरीले जनाएको छ ।