गोरखाका विद्यार्थीले बनाए खतराको सन्देश दिने दृष्टिविहीनको चस्मा

दीपक बोहरा
दाङ,१९ पुस ।
गोरखा माध्यामिक विद्यालय, तुलसीपुर स्थापना भएको १२ बर्ष पूरा भएको दिन । जुन दिन गोरखा तुलसीपुर उत्साहित थियो । यो अबधीमा गरेका सफल कार्यहरु देखाईरहेको थियो । विद्यालयको गेटबाट भित्र छिर्दा नै देखिन्थे, विद्यार्थीहरुले बनाएका लोभलाग्दा प्रतिभाहरु । सामान्य जीवनयापनका सन्देश देखि प्रबिधिमैत्री कुराहरु विद्यार्थीहरुले प्रर्दशनीमा राखेका थिए ।

दृष्टिविहीनहरु हिडिरहदा अगाडी खतरा हुने कुरा थाहा हुँदैन्, तर, विद्यार्थीहरुले बनाएको त्यो चस्मा लगाउदा भने अगाडी के छ, थाहा हुन्छ । कक्षा ११ मा विज्ञान विषय अध्ययनरत विद्यार्थी निसान्त बस्नेतसहितले बनाएको त्यो स्मार्ट चस्माले अगाडी खतरा भए–नभएको जानकारी दिन्छ ।‘अगाडी अबजेक्सन भए, यो चस्माले आवाज दिन्छ’,उनले भने‘त्यसैले आँखा नदेख्नेहरुले लगाउने चस्मा हो यो ।’

त्यस्तै कक्षा ७ मा अध्ययनरत विद्यार्थी किस्मत केसी, स्ट्रङ्ग वलीले पानी जहाज आएपछि आफै माथि उठ्ने र पानी जहाज गएपछि पुनः आफ्नै स्थानमा आउने पुलको डेमो देखाएका थिए ।

त्यस्तै कक्षा ९ का भविष्य रेग्मी र रिचन ओझाले वाईफाई भन्दा पनि छिटो चल्ने लाइफाई बनाएका थिए । मोवाईलमा गीत बजाएर, त्यसलाई लाइट इनर्जीमा परिबर्तन गर्ने र त्यो गीतलाई ठूलो आवाजमा सुन्न सकिने प्रबिधि बनाएका थिए ।

त्यस्तै कक्षा ११ मा विज्ञान विषयमा अध्ययनरत सीता केसी र अम्बिका श्रेष्ठले पानी परेमा घर भित्र ‘बजर’ बज्ने प्रबिधि बनाएका थिए । जसले मानिश घर भित्र हुँदा बाहिर पानी परेको थाहा दिनकालागि त्यो प्रबिधिले काम गर्ने बताएका थिए । त्यस्तै विद्यार्थीहरुले विद्युतिय ‘ढिकि’, राति आफै बत्ति बल्ने र दिउसो आफै बन्द हुने बत्तिको विकास, छतमा रहेको भाडोमा कति पानी भरियो भन्ने थाहा दिने प्रबिधिको डेमो देखाएका थिए ।

त्यस्तै कक्षा ७ का अंकित पोखरेलले भुकम्प आएको बेला थाहा पाउने प्रबिधि, तार नजोडिएपनि बत्ति बल्न सक्ने, विद्युतिय घण्टीजस्ता कुराहरुको डेमो तयार गरेका थिए ।

करिब ३ हजार विद्यार्थी
गोरखा स्कुल तुलसीपुरमा करिब ३ हजार विद्यार्थी अध्ययनरत रहेको छन् । गोरखा ग्रुपका एकाडेमिक डाइरेक्टर दुर्गा केसीका अनुसार शिशु कक्षादेखि १२ सम्म २ हजार ८ सय ६१ विद्यार्थी रहेका छन् ।
विद्यालयमा दाङसहित रोल्पा, प्यूठान,पूर्वी रुकुम, पश्चिम रुकुम, सल्यानलगायतबाट विद्यार्थीहरु आउने गरेका छन् । अहिले उक्त विद्यालयमा ११८ जना शिक्षक कर्मचारी समेत रहेका छन् । विद्यालयले सहक्रियाकलापलाई पनि महत्व दिदै आएको छ ।
सूचना प्रबिधिको प्रयोग गर्दै अडियो, भिजुअल, प्रयोगात्मक कक्षा, परियोजनामा आधारित सिकाई र अवलोकन भ्रमणको माध्यामबाट विद्यार्थीहरुलाई पठनपाठन गर्दै आइरहेको समेत उनले बताए

No description available.


खेलमा उत्कृष्ट
गोरखा स्कुल तुलसीपुरले शिक्षासंगै खेलकूद क्षेत्रमा पनि फड्को मार्दै आएको छ । राष्ट्रिय स्तरका खेलकूदमा समेत जिल्ला तथा प्रदेशको नेतृत्व गर्दै सहभागिता जनाएको स्कुलले शिक्षासंगै खेलकूदलाई पनि संगै लगेको छ ।

स्कुलले यस प्रत्येक बर्षका जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड कब्जा गर्दै आएको छ । गोरखाले लगातार तीन वटा रनिङ शिल्ड कब्जा गर्दै आएको गोरखा स्कुल तुलसीपुरका खेल संयोजक मोहन सुनारले बताए ।

स्थापना कालदेखी शिक्षासंगै खेलकूदलाई उच्च प्राथमिकतामा राखेको स्कुलले लक्ष्य र उदेश्य अनुरुप अध्ययनरत विद्यार्थीले पालिका,जिल्ला हुँदै राष्ट्रिय, अन्तरास्ट्रिय स्तरमा बिद्यालय र सिगो जिल्लालाई नै खेल क्षेत्रमा चिनाएको छ ।
गोरखा तुलसीपुरकै विद्यार्थी १३ औं दक्षिण एशियाली खेलकुद सागमा सहभागी भएका थिए । अरुणा रिजाल र सिमान थापा सागमा सहभागी भएका थिए ।

विद्यालयका प्रिन्सिपल विजय जीएमका अनुसार प्रत्येक बर्ष विद्यालयले खेल सप्ताह आयोजना गर्छ, भने बीचबीचमा बिभिन्न खेलकूद कार्यक्रमहरु गर्दै आएको छ । यसकै फलस्वरुप विद्यालयले खेल क्षेत्रमा फड्को मार्न सफल भएको बताए ।
विद्यालयले किताबी ज्ञानसंगै ब्यबसायिक तथा प्रयोगात्मक शिक्षामा जोड दिएकाले त्यसको प्रतिफल खेल क्षेत्रमा उत्कृष्ट हाँसिल गर्न सफल भएको गोरखा ग्रुपका एकाडेमिक डाइरेक्टर दुर्गा केसीले बताए ।

शिक्षामा गोरखाको भूमिका महत्वपूर्णः प्रमुख खड्का
No description available.विद्यालयको १२ औं वार्षिकोत्सवलाई सम्बोधन गर्दै तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टीकाराम खड्काले शैक्षिक विकासमा गोरखा स्कुलले खेलेको भूमिका महत्वपूर्ण भएको बताएका छन् । साथै उहाँले स्वदेशका लागि आवश्यक जनशक्ति उत्पादनमा ध्यान दिन आग्रह गरे ।

काठमाडौं विश्वविद्यालयका पूर्वउपकुलपति प्रा.डा. सुरेशराज शर्माले प्राविधिक धारको विषयमा ध्यान दिनुपर्ने बताए । कार्यक्रममा विद्यालयमा अध्ययन गर्ने विद्यार्थीले विभिन्न गीत, नृत्य, नाटक प्रस्तुत गरेका थिए । शैक्षिक सत्र २०७८ मा कक्षा प्रथम, द्वितीय, तृतीय हुने विद्यार्थीलाई पुरस्कार वितरण गरिएको थियो । कार्यक्रममा लुम्बिनी प्रदेश शिक्षा तथा सामाजिक विकास कार्यालयका निर्देशक यमबहादुर केसी, प्याब्सन दाङका अध्यक्ष मधुसूदन केसी, गोर्खा मोडर्न स्कुल लालमटियाका प्रिन्सिपल बसन्त घर्ती, अभिभावक शोभाराम धितालले मन्तब्य ब्यक्त गरेका थिए ।

गोर्खा ग्रपका संस्थापक अध्यक्ष मानबहादुर बुढाको अध्यक्षतामा भएको कार्यक्रममा शैक्षिक कोर्डिनेटर दुर्गाबहादुर केसीको स्वागत मन्तब्य ब्यक्त गरेका थिए, भने प्रिन्सिपल विजयमान जीएमले विद्यालयका गतिविधि र उपलब्धिका बारेमा जानकारी गराएका थिए । कार्यक्रमको सहजीकरण शिक्षक पूर्णविक्रम डाँगी र कमल भण्डारीले गरेका थिए ।