दाङमा घाँस काट्दै गरेकी महिलामाथि बलात्कार

तुलसीपुर, ३ माघ ।
दाङमा बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका–२ निबासी नवराज पौडेल रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता राजन गौतमले जानकारी दिनुभयो । पिडित महिला सोमबार साँझ प्रहरीको सम्पर्कमा आएपछि आरोपीलाइ पक्राउ गरिएको प्रवक्ता गौतमले बताउनुभयो ।


घोराही लमही सडक खण्ड अन्तर्गत बेलदमारको जंग्लमा घाँस काट्दै गरेकी ती महिलाई पौडेले गएको पुस १८ गते बलात्कार गरेको प्रहरीमा उजुरी परेको छ ।