
तुलसीपुर, २३ मंसिर ।
दाङ भ्याली यातायात प्रा.लि.मा दर्ता आबद्धता लिई सञ्चालनमा रहेका यातायात व्यवसायी, पदाधिकारी, कर्मचारी र निजहरुका परिवारलाई तुलसीपुर सिटी अस्पतालले औषधी उपचारमा सहुलियत दिने भएको छ ।
मंगलबार एक कार्यक्रम विच दाङ भ्याली यातायात प्रा.लिका अध्यक्ष महेन्द्र महरा र तुलसीपुर सिटी अस्पतालका निर्देशक हेमराज बस्नेतले सहुलियत प्रदान गर्ने गरी सम्झौता पत्रमा हस्ताक्षर गर्नुभएको हो ।
सो अवसरमा तुलसीपुर सिटी अस्पतालका निर्देशक हेमराज बस्नेतले अटो टेम्पो व्यवसाय निम्न वर्गीय व्यक्तिले गर्ने व्यवसाय भएकाले सर्वसुलभ सहुलियत रूपमा स्वास्थ्यको पहुचमा सबैलाई जोड्न छुट सुविधा प्रदान गरिएको बताउनुभयो ।
अस्पतालले संस्थाका पदाधिकारी, कर्मचारी र सम्बद्ध अटो चालकहरु तथा निजहरुका परिवारलाई ब्लड सुगर चेकजाँचमा १००%, फिजियोथेरापी र ल्याब टेस्टमा १५%, बेड र डाक्टर चार्जमा १०% , मेजर तथा माईनर अपरेसनमा १०% र फार्मेसीमा ७ छुट दिने व्यवस्था गरेको छ ।
अस्पतालले सवारी दुर्घट्नामा घाइते भएकाहरुको उपचारमा महत्त्वपूर्ण भूमिका खेल्दै आएको र विभिन्न समयमा सामाजिक उत्तरदायित्वका कामहरू गर्दै आएकोमा दाङ भ्याली यातायात प्रा।लिका अध्यक्ष महेन्द्र महराले धन्यवाद व्यक्त गर्नुभयो । दुबै पक्षबिच भएको सम्झौताले अटो चालकहरु र परिवारलाई बिषेश सहयोग हुने बताउनुभयो ।



लाइभदाङ । २४ मंसिर २०८२, मंगलवार १७:३१ बजे