दलित र गैरदलितहरु बिच अन्तरघुलन विषयक तिन दिने कार्यक्रम सुरु

तुलसीपुर, २७ फागुन ।

दलित कल्याण संघ दाङको आयोजना तथा तुलसीपुर १५ को वडा कार्यालयको आर्थिक सहयोगमा लक्षित कार्यक्रम अन्तर्गत दलित र गैरदलितहरु बिच अन्तरघुलन विषयक तिन दिने कार्यक्रम कोठरी र युवायुवतीहरुका लागी वालविवाह , वहुविवाह न्यूनीकरण सम्बन्धि कानुनी सचेतना तालिम धमकापुरमा सुरु भएको छ । देबा धितालको अध्यक्षता एवं वडा अध्यक्ष लक्ष्मण चौधरीको प्रमुख आतिथ्यतामा कार्यक्रमको उदघाटन गरिएको हो ।


सो अवसरमा कार्यक्रमका प्रशिक्षक एवं संस्थाका केन्द्रिय अध्यक्ष मोतिलाल नेपाली,प्रशिक्षक छवी परियार, खुसलराज रेग्मी,बसन्ता गोराथोकी,गोपाल पन्डित लगाएतले अझै पनि गाउँ समाजमा जातिय विभेद कायमै भएको हुदा यसलाई अन्त्य गर्नका लागी सामाजिक सचेतना फैलाउनु पर्नेमा जोड दिनुभयो । यसका लागी दलित र गैरदलितका बिचमा सहकार्य र समन्वयमा नागरिकलाई सचेत बनाउनु पर्ने उनीहरुले बताएका छन् । कार्यक्रमको सहजीकरण सस्थाका कार्यक्रम संयोजक सन्तोष चनाराले गर्नुभएको थियो । तिन दिन सम्म संचालन हुने कार्यक्रम तथा तालिममा ७५ जनाको रहेको छ ।