नेसनल प्याब्सन, दाङको आयोजनामा प्री-प्राइमरी तहका शिक्षकहरुलाई ट्रेनिङ शुरु

देव राज कँडेल
दाङ, ८ मंसिर । 

नेसनल प्याब्सन, दाङको आयोजनामामा शान्तिनगर गाउँपालिका, दङ्गिशरण गाउँपालिका र बबई गाउँपालिकाका सस्थागत विद्यालयका प्री-प्राइमरी तहका शिक्षकहरुलाई ट्रेनिङ प्रदान गर्न शुरु गरिएको छ। नेसनल प्याब्सन, दाङले पहिलो चरणमा यी पालिकाहरुबाट ट्रेनिङ प्रदान गर्न शुरु गरेको हो। मङ्सिर ८ र ९ गते दुईदिनसम्म चल्ने ट्रेनिङ कार्यक्रमको औपचारिक रूपमा दङ्गिशरण गाउँपालिका अध्यक्ष श्री शम्भु गिरि प्रमुख अतिथि र नेसनल प्याब्सनका केन्द्रिय उपाध्यक्ष श्री सुबोध डागि बिशिस्ट अतिथिले उद्घाटन गर्नु भएको हो।

सस्थागत विद्यालयहरुको छाता संगठन नेसनल प्याब्सनले शिक्षामा अत्यन्तै सकारात्मक प्रभाव पारेको आफ्नो अनुभव सुनाउदै प्रमुख अतिथिले भन्नू भयो सामुदायिक विद्यालयको लगानीको तुलनामा सस्थागत विद्यालयमा थोरै हुने भएता पनि सस्थागत विद्यालयको रिजल्ट राम्रो हुनेहुदा सामुदायिक विद्यालयले सस्थागतबाट धेरै कुराहरु सिक्नु पर्ने देखिन्छ।


त्यस्तै बिशिस्ट अतिथिको रुपमा बोल्दै केन्द्रिय उपाध्यक्ष डागिले नेसनल प्याब्सन सधैभरी आफ्ना लगानीकर्ता, शिक्षक र अभिभावक प्रती सम्मान गर्दै अगाडि बढेको सन्दर्भ राख्दै नेसनल प्याब्सन दाङले समायानुकुल आफ्ना गतिविधिहरु बढाइरहेकोमा धन्यवाद ब्यक्त गर्नु भयो।औपचारिक रूपमा जिल्ला उपाध्यक्ष श्री ठाकुर डागिको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको अध्यक्षता अध्यक्ष श्री भोजराज न्यौपानेले गर्नु भएको थियो भने कार्यक्रम सचीव श्री सालिकराम कार्कीले संचालन गर्नु भएको थियो।



ट्रेनिङ कार्यक्रमको पहिलो दिनमा तीन पालिकाहरुबाट नेसनल प्याब्सन अन्तरगतका सस्थागत विद्यालयहरुका ५५ जना शिक्षकहरु सहभागी भएका छन भने ट्रेनरको रूपमा बिन्दु न्यौपाने र सम्झना खड्का रहनु भएको छ।

कार्यक्रमको दोस्रो चरणमा देउखुरी क्षेत्रका लमही नगरपालिका, राप्ती गाउँपालिका, गढवा गाउँपालिका र राजपुर गाउँपालिकाका नेसनल प्याब्सनका सस्थागत विद्यालयहरुका प्री-प्राइमरी तहका शिक्षकहरुलाई ट्रेनिङ प्रदान गर्ने अध्यक्ष श्री भोजराज न्यौपानेले बताउनु भएको छ।