तुलसीपुर, १७ असार ।
दाङको तुलसीपुर ८ गहते स्थित पुलमा टिकटक बनाउने क्रममा मोटरसाइकलले ठक्कर दिदा एक बालिका घाइते भएकी छिन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका अनुसार शुक्रबार दिउसो १ बजेतिर दुधेना स्थित साथीको घरबाट आफ्नो घर अस्वारा तर्फ जाँदै गर्दा पुलमा टिकटक बनाउने क्रममा मोटरसाईकलले ठक्कर दिएको हो । मोटरसाईकलको ठक्करबाट तुलसीपुर ८ अस्वारा निवासी १७ बर्षीया पुष्पा खड्का गम्भीर घाइते भएकी छिन् ।
रा ५ प ७४८७ नम्बरको मोटरसाईकलले ठक्कर दिदा घाईते भएकी उनको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार पछि थप उपचारकालागि कोहलपु रेफर गरिएको छ । उनको टाउकोसहित शरिरका अन्य भागमा पनि चोट लागेको छ । ठक्कर दिएपश्चात फरार रहेका मोटरसाईकल चालकलाई अस्थायी प्रहरी पोष्ट बेलुवाको टोलीले फेला पारेर अनुसन्धानकालागि इलाका प्रहरी कार्यालय तुलसीपुरमा पठाएको छ । ठक्कर दिए लगतै बबई गाउँपालिका -६ निवासी १९ बर्षीय चालक गोकर्ण बुढाथोकी फरार थिए । पश्चिमबाट तुलसीपुर तर्फ आउँदै गर्दा उक्त दुर्घटना भएको हो ।
लाइभदाङ । १७ असार २०७९, शुक्रबार १७:०७ बजे