तुलसीपुुरको चोरखोलामा यात्रुबहाक जीप दुर्घटना, १३ जना घाइते

तुलसीपुर
१५ वैशाख / दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं. ३ चोरखोलामा यात्रुबहाक जीप दुर्घटना हुँदा १३ यात्रु घाइते भएका छन् ।

रोल्पाको जुँगारबाट तुलसीपुर तर्फ आउँदै गरेको रा १ ज ५१० नंम्बरको जिप विहीबार दिउँसो सवा १ बजेतिर दुर्घटनामा परेको हो । घुम्ती बाटोमा जीपको गति तिव्र भएकाले दुर्घटना भएको हुन सक्ने इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले बताए ।


घाइते १३ जना मध्ये ३ जनालाई थप उपचारकालागि कोहलपुर लगिएको छ । केही घाइतेको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ । घटनाको थप विवरण आउन बाँकी छ ।