तुलसीपुर उपमहानगरपालिकाले सञ्चार कार्य विधि बनाउँदै

दाङ, ३० जेठ । दाङको तुलसीपुर उपमहानगरपालिकाले सञ्चार कार्यविधि बनाउन लागेको छ । पहिलो चरणमा शुक्रबार सरोकारवालासंग छलफल गरेको छ ।

कार्यविधिको ड्राफ्ट तयार पारि छलफल सुरु गरेको उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेश पार्धेले बताए । छलफलका क्रममा नेपाल पत्रकार महासंघका निवर्तमान केन्द्रिय अध्यक्ष विपुल पोख्रेलले पालिकाले नीति बनाएर सञ्चार माध्यामलाई ब्यबस्थित बनाउनु सकारात्मक रहेको बताए । यसले सञ्चार माध्यामको दिगो हुने उनले भनाई छ ।

सञ्चार माध्यमले शुसासन, पारदर्शिता र समृद्ध बनाउन भूमिका खेल्ने भन्दै यसमा ध्यान दिनुपर्ने बताए । त्यस अवसरमा कार्य विधि निर्माण समितिका संयोजक धर्म वलीले चालु बर्ष भित्रै कार्यविधि बनाउने बताए । आगामी बर्षमा कार्यान्वयन गर्ने गरि कार्यविधि निर्माण गरि सक्ने उनको भनाई थियो ।


त्यस अवसरमा पत्रकार महासंघ दाङका अध्यक्ष सन्तोष सुवेदी, उपाध्यक्ष ओपेन्द्र बस्नेत,प्रेस युनियनका अध्यक्ष नारायण खड्का, प्रेस चौतारीका अध्यक्ष सुधासुमन ढकाल, प्रेस सेन्टरका सचिब दीपक बोहोरालगायतले सुझाब दिएका थिए ।

छलफलमा समितिका सदस्यहरु सुशील बस्नेत, नारायणी रजौरे, मस्यौदा समितिका सदस्य सचिव बाबुराम न्यौपानेले मस्यौदाका बारेमा जानकारी गराए ।