प्रशिक्षित भए डिभाइनका चालक

तुलसीपुर, १८ वैशाख । दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं. ६ स्थित डिभाइन टेम्पल एकेडेमीले आफ्नो गाडी चालक तथा सह चालकहरुलाई प्रशिक्षण दिएको छ ।

अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा चालकलाई ट्राफिक नियमसहित बस चालकसम्बन्धि सचेतना प्रदान गरिएको थियो ।

ट्राफिक प्रहरी नायब निरीक्षक नरेन्द्र बहादुर शाहीले चालकहरूलाई ट्राफिक नियमबारे प्रशिक्षण दिएका थिए। उनले विद्यालयका बस चलाउँदा सचेत हुनुपर्ने समेत बताए । तिब्र गति हुन नहुँने देखि विद्यार्थीलाई बाटो क्रस गराउँदा समेत ध्यान दिनुपर्ने बताए । साना बच्चाहरु बसमा बस्ने भएकाले सम्बेदनशील हुने उनले बताए ।


त्यस अवसरमा विद्यालयमा लामो समयदेखि बस चालकका रूपमा कार्यरत सुरज चौधरीलाई सम्मान गरिएको थियो। डिभाईन टेम्पल एकेडेमीका संस्थपक भोजराज न्यौपानेको अध्यक्षतामा कार्यक्रम भएको थियो । त्यस अवसरमा न्यौपानेले विद्यार्थीसंग निकट रहने भनेको बसका चालक र सहचालक नै भएकाले ख्याल गर्नुपर्ने बताए ।

त्यसकालागि सचेत हुनुपर्ने समेत बताए । कार्यक्रमको सहजीकरण सहायक प्रधानाध्यापक महेश लामिछानेले गरेका थिए। डिभाइनले ८ वटा बस सञ्चालनमा ल्याएको छ ।