तुलसीपुर महोत्सव आफूखुसी थप्न खोजेपछि प्रशासनले बन्द ग¥यो

तुलसीपुर, १७ फागुन । तुलसीपुरमा जारी महोत्सव रोक्न जिल्ला प्रशासन कार्यालय दाङले निर्देशन दिएको छ । १६ फागुन अर्थात शुक्रबारसम्म मात्रै प्रशासनले महोत्सवको अनुमति दिएको थियो । तर, आयोजकले १७ गते शनिबार पनि महोत्सव चलाएको थियो ।

यो क्रमलाई २÷४ दिन लम्ब्याउन खोजिरहेको अबस्थामा प्रशासनले शनिबार नै पत्र पठाएर महोत्सव शनिबार साँझ ७ बजे भित्रै रोक्न निर्देशन गरेको छ ।

जिल्ला प्रशासन कार्यालय दाङका सहायक प्रमुख जिल्ला अधिकारी यज्ञ बहादुर बुढाले एक विज्ञप्ती जारी गरि आयोजक संस्था तुलसीपुर चेम्बर अफ कमर्शलाई महोत्सव रोक्न निर्देशन दिएका हुन् ।


स्थानिय प्रशासन ऐन २०२८ को दफा ३ (क) लाई समेत दृष्टिगत गर्दै साविकका सर्तहरुको पालना गर्ने गरी आजै महोत्सव समापन गर्न निर्देशानुसार अनुरोध छ, विज्ञप्तीमा भनिएको छ । जिल्ला प्रहरी कार्यालय दाङ र तुलसीपुर उपमहानगरपाकिलाई बाधार्थमा राख्दै प्रशासनले आदेशको पालना भए/नभएको बारे अनुगमन तथा नियमन गर्न भनिएको छ ।

तुलसीपुर उपमहानगरपालिकाको महोत्सव कार्यविधिमा पनि १० दिन मात्रै महोत्सव सञ्चालन गर्न दिने कुरा उल्लेख छ । तर, यहाँ १६ दिनसम्म महोत्सव सञ्चालन गरिएको छ ।

May be an image of text