तुलसीपुुरमा विद्यालय विदा बारे आज निर्णय गरिने

दाङ, १६ पुस । चिसो अत्याधिक बढेपछि तुलसीपुरमा पनि विद्यालय बन्द गर्ने तयारी छ ।

त्यसकालागि बुधबार दिउसो बैठक बसेर निर्णय गरिने नगर प्रमुख टिकाराम खड्काले बताए ।“चिसो बढेको छ, आज विद्यार्थी आफै पनि विद्यालय जाँदैनन”,उनले भने“ चिसो बढि रह्यो भने दिउसो सूचना निकालेर विदा गर्न सकिन्छ ।”


१८ गते सिकाई मेला समेत भएकाले त्यसलाई प्रभाब नपर्ने गरि निर्णय गरिने उनको भनाई छ ।