आगोको लप्को धोतीबाट सल्केर शरीरमा फैलिएपछि…

तुलसीपुर, २ पुस । तुलसीपुरमा आगोमा जलेर एक महिला गम्भिर घाईते भएकी छन् ।

इलाका प्रहरी कार्यालय तुलसीपुरका अनुसार शुक्रबार साँझ साढे ७ बजेतिर खाना पकाउने क्रममा तुलसीपुर उपमहानगरपालिका ११ मोतिपुर निवासी ५९ वर्षकी वसन्ती कुमाल घाइते भएकी हुन् ।


आगोको लप्को धोतीबाट सल्केर शरीरमा फैलिकएको थियो । वसन्तीको अधिकाँस शरीरको जलेको छ ।

घाइतेको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा सामान्य उपचार पछि थप उपचारका नेपालगञ्ज रिफर गरिएको प्रहरीले जनाएको छ ।