दाङमा यात्रुबहाक बस दुर्घटना हुँदा तीन जना घाइते

दाङ, २५ साउन । दाङमा यात्रुबहाक बस दुर्घटना हुँदा तीनजना घाइते भएका छन् ।

शुक्रबार दिउसो साढे १२ बजेतिर तुलसीपुर उपमहानगरपालिका वडा नं. १९ ग्वारखोला नजिक बस अनियन्त्रित भई दुर्घटना हुँदा दंगीशरण गाउँपालिका ५ बस्ने ६० वर्षीया प्रमी चौधरी, तुलसीपुर १९ निवासी रुचा कराला र तुलसीपुर १४ निवासी ३२ वर्षीय गीता बस्नेत घाइते भएका हुन ।

घाइतेहरूको अवस्था सामान्य रहेको प्रहरीले बताएको छ ।


घोराहीबाट तुलसीपुर आउँदै गरेको रा १ ख ९ १५ नम्बरको यात्रुबहाक बस आफै अनियन्त्रित भई सडकको बायाँ तिर गएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक प्रकाश थापाले बताए ।

बसमा सवार २० सवार थिए । बसका चालक फरार छन् । बसका सहचालक घोराही उपमहानगरपालिका १४ निवासी २२ वर्षीय भुवन चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।