तुलसीपुरमा ऋणको प्रभाब, विगतका बर्ष भन्दा कम बजेट

दाङ,११ असार ।

दाङको तुलसीपुरमा चालुआर्थिक बर्षमा महत्वकांक्षी योजना हुँदा त्यसले आगामी बर्षको बजेटमा प्रभाब पारेको छ । चालु आर्थिक बर्ष २०७८/०७९ कालागि ३ अरब ३९ करोड ९६ लाख १५ हजार बजेट बिनियोजन भएकोमा आगामी आर्थिक बर्षकालागि १ अरब ८६ करोड ४७ लाख ७९ हजार मात्रै विनियोजन भएको छ । जुन विगत भन्दा १ अर्ब ५३ करोड ४८ लाख ३६ हजार कम हो ।

विगतमा महत्वकांक्षी योजना भए तर, आन्तरिक आम्दानी न्यून भएपछि त्यसको मारमा अहिलेका जनप्रतिनिधि परेका छन् । उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मोहन पौडेलका अनुसार चालु आर्थिक बर्षमा गरेका योजनाहरुको अझै ३० करोड भुक्तानी हुन बाँकी छ । ६० करोड आन्तरिक आम्दानीको अनुमान गरिएको भएपनि जेठमसान्तसम्ममा १९ करोड १५ लाख मात्रै आम्दानी भएको छ । ‘धेरै महत्वकांक्षी योजनाहरु अघि सारियो, आन्तरिक आय पनि ६० करोडको अनुगमन गरियो, तर, अहिलेस्म्म १९ करोड १५ लाख मात्रै आम्दानी हुने गरेको छ’,उनले भने‘यही कारणले पनि अहिले बजेटमा कमी आएको हो ।’


नगर प्रमुख टिकाराम खड्काका अनुसार असारे विकासलाई मंसिरदेखि चैतमै पूरा गरिएकाले पनि अहिले दायित्व बढि भएको बताए । उनका अनुसार अब चालु बर्षको दायित्व अर्को बर्ष तिर्न सकिने समेत उनको भनाई छ । भुक्तानीकालागि बाँकी रहेकाहरुलाई पनि साउनभित्र भुक्तानी गरिसक्ने उनको भनाई छ । उपमहानगरपालिकाले शुक्रबार सार्वजनिक गरेको बजेट अनुसार आगामी बर्षकालागि आन्तरिक आय ३० करोड १२ लाख, स्थानीय तह राजश्व बाँडफाँटबाट मलपोत रजिष्ट्रेशनबाट १० करोड अनुमान गरेको छ ।

घनश्याम पाण्डेले दिएको १७ करोड कहाँ छ?
तुलसीपुर उपमहानगरपालिकाका निवर्तमान प्रमुख घनश्याम पाण्डेले नयाँ जनप्रतिनिधिहरुको पद तथा सफत ग्रहण कार्यक्रममा सबै दायित्व तिरिसकेर पनि १७ करोड हस्तान्तरण गरेको बताएका थिए । तर, त्यो रकम आन्तरिक आम्दानी नभई संघ र प्रदेशको शसत्र अन्तरगतको बजेट रहेको प्रमुख प्रशासकीय अधिकृत पौडेलले बताए । साथै ठेकेदारको बजेट, कर्मचारीको तलबलगायत रहेको उनले बताए ।‘त्यो रकम हामीले झिक्न मिल्दैन, चलाउन पनि मिल्दैन’, उनले भने‘संघ,प्रदेशबाट आएको शसत्र बजेट, कर्मचारीको तलब, ठेकेदारको धरौटी हो ।’ तर, पाण्डे आफूले आम्दानी गरेको त्यो रकम हस्तान्तरण गरेको पाण्डेले बताएका थिए । विगतमा बजेट अभाबकै कारण धेरै योजनाहरु सम्झौता समेत नभएकाले ति योजनाहरु पुनः समेटिएको उनले बताए ।

वडामा विगत भन्दा थोरै बजेट
अहिले वडामा पनि थोरै बजेट गएको छ । विगतमा एक करोड भन्दा गएको भएपनि अहिले ७० लाखको सिलिङ बनेको एक वडाध्यक्षले बताए । यो बजेटले वडामा केही पनि गर्न नसकिने उनको भनाई छ ।