दाङमा सडक मर्मत गर्ने क्रममा जेसीवी दुर्घटना हुँदा अपरेटरको मृत्यु

दाङ
२ मंसिर / दाङमा सडक मर्मत गर्ने क्रममा जेसीवी पल्टिदा अपरेटरको मृत्यु भएको छ । बंगलाचुली गाउँपालिका वडा नंं. ५ मा सडक मर्मतको क्रममा आज विहान साढे ४ बजेतिर पल्टिदा अपरेटर घोराही–१० नारायणपुर निवासी २२ वर्षीय सुनिल बिकको घटनास्थलमै मृत्यु भएको हो ।

पर्यटकियस्थल बंगलचुली टावर जाने सडक मर्मतको क्रममा रा १ क ९१४ नम्बरको जेसिबि दुर्घटनामा परेको गाउँपालिका अध्यक्ष भक्तबहादुर वलीले जानकारी दिए ।


घुम्तीमा सडक मर्मतको क्रममा माटोमा भसिएर जेसिबि दुर्घटनामा परेको हुन सक्ने उनले बताए । दुर्घटनामा सहचालक बर्दियाको गुलरिया नगरपालिकाका २३ वर्षिय राजकुमार चौधरी सामान्य घाइते भएका छन् ।