दाङमा पौडी खेल्ने क्रममा डुबेर मृत्यु

तुलसीपुर,५ जेठ । दाङमा पौडी खेल्ने क्रममा डुबेर एक ब्यक्तीको मृत्यु भएको छ ।

लमही स्थित अर्जुन खोलामा पौडी खेल्ने क्रममा डुबेर लमही नगरपालिका–५ आदर्श टोल निवासी बसन्तराज भण्डारीका १३ बर्षिया छोरा विवेक भण्डारीको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक जनकबहादुर मल्लका अनुसार लमही नगरपालिका–६ कुलमोहर स्थित अर्जुन खोलामा पौडी खेल्ने क्रममा भण्डारीको मृत्यु भएको हो ।


उनी साथीहरू मिलेर नुहाउन गएका थिए । सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीले पानीमा डुबेर मृत्यु भएको अबस्थामा निकालेको थियो ।

उनको शव परीक्षणकालागि लमही अस्पतालमा राखिएको छ ।