तुलसीपुरका पुनलाई हत्या गरेको आरोपमा थापा पक्राउ

दाङ
२३ कात्तिक / दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं. ४ नयाँबस्ती निवासी २० बर्षीय टोप बहादुर पुनको हत्याको आरोपमा प्रहरीले एक व्यक्तीलाई पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालका अनुसार सोही वडाको गहतेरा बस्ने रेशम थापालाई पक्राउ गरिएको हो ।

घर नजिकैको जंगलमा लुकिछिपी बसेको अबस्थामा सोमबार उनलाई पक्राउ गरिएको हो । घटनामा संलग्नको आरोप लागेका सोहि ठाउँका विनोद राना र खिम बहादुर राना अझै फरार रहेको प्रहरीले बताएको छ । पीडितले उनीहरुको नाममा किटानी जाहेरी समेत दिएका छन् ।


गत शनिवार राती लठ्ठी र धारिलो हतियार प्रयोग गर्दा पुनको मृत्यु भएको थियो । हत्यारालाई कानुनी दायरामा नल्याउँदासम्म पीडितहरुले शव नबुझ्ने बताएका छन् । उनको शव परीक्षणकालागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा राखिएको छ ।