लुम्बिनीको शिखर सम्मेलन स्थगित

दाङ,२२ फागुन । लुम्बिनी प्रदेश सरकारल बुद्धभूमी लुम्बिनीमा गर्न लागेको शिखर सम्मेलन स्थगित गरेको छ । मंगलबार बसेको लुम्बिनी प्रदेशको मन्त्रीपरिषद बैठकले फागुन २८ र २९ गते गर्न लागिएको लौरेट्स एण्ड लिडर शिखर सम्मेलन स्थगित गरेको हो ।


अन्तिम चरणमा रहेको शिखर सम्मेलन विशेष कारणबस मन्त्रीपरिषद बैठकले स्थगन गर्ने निणर्य गरेको सरकारकाका प्रवक्ता सन्तोष कुमार पाण्डेले जानकारी दिए ।